इनरुवा– नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रजातन्त्रको रक्षाका लागि काँग्रेस सँधै लडिरहने बताएका छन् । नेपाली काँग्रेस सुनसरीले सदरमुकाम इनरुवामा आज आयोजना गरेको ४४औँं राष्ट्रिय एकता तथा मेलमिलाप एवं सम्मान कार्यक्रममा उनले काँग्रेसको मूल उद्देश्य नै प्रजातन्त्रको रक्षा गर्नुभएकाले प्रजातन्त्रको रक्षाका लागि काँग्रेस हरसम्भव लागिरहने बताए ।
प्रजातन्त्रको रक्षाका लागि नेपाली काँग्रेसले राजा महेन्द्र, वीरेन्द्र, ज्ञानेन्द्रसँग लडाइ लडेको बताउँदै उनले अबको दिनमा सरकारसँग पनि लडाइ लड्ने दिन आएको बताएका छन् । प्रजातन्त्र विरुद्धमा लाग्ने जो कोहीसँग पनि काँग्रेस लडाइ लड्न तयार रहेको सभापति देउवाले उल्लेख गरेका छन् । पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका सभापति देउवाले पार्टीका नेता अहिलेको सरकारको विरुद्धमा बोल्नका लागि थुरथुर काम्ने गरेको तर आफूविरुद्ध जथाभावी बोल्ने गरेको सभापति देउवाले आरोप लगाएका छन् ।
अहिले सरकारले संसद्मा दर्ता गरेको सञ्चार सम्बन्धी विधेयक कुनै पनि हालतमा पारित हुन नदिने सभापति देउवाले ठोकुवा गरे । उनले नेकपाले अहिलेकोसम्म सभामुखको उम्मेद्धवार चयन गर्न नसकेकाले काँगे्रसलाई सभामुख दिए भोलि नै उम्मेद्ववार दिएर दिने उल्लेख गरे ।
कार्यक्रममा नेपाली काँग्रेसका उपसभापति विजयकुमार गच्छदारले प्रजातन्त्र ल्याउनका लागि आफूसहितका नेताले विभिन्न चुनौतीको सामना गर्दै भारतमा पुनरवास जीवन बिताएकाले यसको रक्षाका लागि सँधै लडिरहने उल्लेख गरे । अहिलेको अवस्थामा नेपाली काँग्रेसमा बिपी कोइराला र गणेशमान सिंहमा भएको एकता जस्तै पार्टीभित्र पनि अन्य नेतामा एकता हुनुुपर्नेमा जोड दिएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस