काठमाडौँ– पूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता झलनाथ खनालले साहित्यले समालाई सुधारको बाटोमा लैजाने बताएका छन् ।
नोबेल साकोस साहित्य प्रतिष्ठानले आयोजना गरेको कवि दिनानाथ पोखरेलका दुई कविता कृति ‘श्रद्धाञ्जलि’ र ‘मुटुभित्रको माटो’ लोकार्पण गर्दै उनले कला, साहित्य क्षेत्रको विकास बिना मुलुकको विकासले गति लिन नसक्ने बताएका छन् । “साहित्य समाजमा हुने राजनीतिक र आर्थिक व्यवस्थाको प्रतिविम्ब हो”, उनले भने, साहित्यकारले मुलुकको परिवर्तन र विकासमा पु¥याएको योगदान कहिल्यै बिर्सनु हुँदैन ।”
उहाँले साहित्यकारलाई आफूले प्रकाशन गरेको कृतिलाई देशका उच्च तहमा रहेको व्यक्तिले पाउने गरी वितरण गर्न आग्रह गरेका छन् । उनले साहित्यको व्यङ्ग्य र खबरदारीले शासन सत्तामा बस्नेलाई सचेत बनाउने भन्दै रचनात्मक खबरदारीको सधैँ आवश्यकता रहेको औँल्याए ।
लेखक पोखरेलले आध्यात्मिक र भौतिक दुवै दर्शनका कविता कृतिमा समावेश गरिएको बताएका छन् । प्राज्ञ देवी नेपालले पोखरेलका छन्दमा सिर्जना गरिएका कृतिले सिक्दै गरेका कविलाई ज्ञान प्रदान गर्ने बताए । प्रा डा राजेन्द्र सुवदी, डा गार्गी शर्मा, प्राज्ञ नन्दु उप्रेती, प्रतिष्ठानका अध्यक्ष सरस्वती गौतम, राजन न्यौपानेलगायतले मन्तव्य राखेका थिए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस