काठमाडौँ- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वहारा वर्गका महान् नेता कार्ल माक्र्सको २०२औँ जन्म दिवसका अवसरमा आज शुुभकामना व्यक्त गरेका छन् ।
अध्यक्ष दाहालले माक्र्स एक हजार वर्षयताकै महान् दार्शनिक रहेको बताउनुहुँदै सर्वहारा वर्गले मात्र होइन, उनको दर्शन र प्रतिपादित सिद्धान्तलाई पूँजीवादी दुनियाँले पनि मानेको बताएका छन् ।
उनले महान् दार्शनिक माक्र्सप्रति उच्च सम्मान व्यक्त गर्दै विश्व सर्वहारा वर्ग र उत्पीडित जनसमुदायको मुक्तिका प्रणेताका रूपमा स्मरण गरेका छन् । अध्यक्ष दाहालले २१औँ शताब्दीमा माक्र्सवादको रक्षा, प्रयोग र विकासका लागि विचारको विकास गर्न आवश्यक रहेको स्पष्ट परेका छन् ।
विश्व महामारीका रूपमा देखिएको कोरोना भाइरसका कारण गरीखाने श्रमजीवी जनसमुदाय सबैभन्दा पीडामा रहेको उल्लेख गर्दै अध्यक्ष दाहालले उनीहरुको समस्या समाधान गर्न सम्बन्धित सबैमा आग्रह गरेका छन् । उनले माक्र्सको जन्मदिवसका अवसरमा विश्वभरका सम्पूर्ण सर्वहारा जनसमुदायमा सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको कामना पनि गरेका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस