खोटाङ-सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) खोटाङले केन्द्रमा दुई ठूला पार्टीबीच एकीकरण भएको झण्डै दुई वर्षपछि पूर्णता पाएको छ ।
केन्द्रमा तत्कालीन नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)बीच पार्टी एकता भएको लामो समयपछि जिल्लाका दशवटै स्थानीय तहको इन्चार्ज र सह–इन्चार्जलगायत सबै जनवर्गीय सङ्गठनको जिम्मेवारीसमेत टुङ्ग्याएको हो ।
नेकपाको पालिकास्तरीय समितिको अध्यक्ष र सचिवको टुङ्गो लगाएको लामो समयपछि यही असोज १८ र १९ गते बसेको सचिवालय बैठकले पार्टी एकताको बाँकी काम टुङ्ग्याउनेक्रममा पालिकास्तरीय समितिको इन्चार्ज र सह–इन्चार्जको टुङ्गो लगाएको जनाएको छ ।
बैठकपछि नेकपा खोटाङले मङ्गलबार पुष्पलाल स्मृति भवनमा पत्रकार सम्मेलन गरेर औपचारिक रुपमा सचिवालय समितिको बैठकले पारित गरेको निर्णयहरु सार्वजनिक गरेको छ ।
पार्टीको प्रचार विभाग प्रमुख जीवन राई (सङ्गीन)ले दिनुभएको जानकारी अनुसार ऐसेलुखर्क गाउँपालिकामा श्रीबहादुर राईलाई इन्चार्ज र गिरेन्द्रबहादुर राईलाई सह–इन्चार्ज, केपिलासगढी गाउँपालिकामा गृहबहादुर राईलाई इन्चार्ज र रुद्रकुमार राईलाई सह–इन्चार्ज, हलेसी तुवाचुङ नगरपालिकामा हस्तबहादुर राईलाई इन्चार्ज र अकिल राईलाई सह–इन्चार्ज, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा कुमार आचार्यलाई इन्चार्ज र सन्तोष राईलाई सह–इन्चार्ज तथा साकेला गाउँपालिकामा बिर्सिका राईलाई इन्चार्ज र दिलकुमारी राईलाई सह–इन्चार्जको जिम्मेवारी दिइएको छ ।
यस्तै, दिप्रुङ चुइचुम्मा गाउँपालिकामा चर्च विश्वकर्माले इन्चार्ज र इन्द्र दङ्गालले सह–इन्चार्ज, जन्तेढुङ्गा गाउँपालिकामा देवी रेग्मीले इन्चार्ज र वीरबल राईले सह–इन्चार्ज, खोटेहाङ गाउँपालिकामा राजन बञ्जराले इन्चार्ज र इन्द्र नारथुङ्गेले सह–इन्चार्ज, रावाबेँसी गाउँपालिकामा उदयबहादुर कार्कीले इन्चार्ज र सीताराम अधिकारीले सह–इन्चार्ज तथा बराहपोखरी गाउँपालिकामा निशाना राईले इन्चार्ज र दिलबहादुर राईले सह–इन्चार्जको जिम्मेवारी पाउनुभएको छ ।
नेकपाले क्षेत्रीय समन्वय समिति क्षेत्र नम्बर १ को प्रमुखमा खडेन्द्र राई र क्षेत्र नम्बर २ को प्रमुखमा दीपक पाण्डे ‘आकाश’लाई जिम्मेवारी तोकेको छ । नेकपाले विभिन्न १८ वटा विभागको जिम्मेवारी पनि बाँडफाँड गरेको पत्रकार सम्मेलनमा जनाइएको छ ।
यसैबीच, नेकपा खोटाङले आफ्नो सदस्यले महिला हिंसा तथा जातीय छुवाछुत गरेको प्रमाणित भए कडाइका साथ कारबाही गर्ने निर्णय गरेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस