काठमाडौँ-नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका पूर्व कोषाध्यक्ष एवं समाजसेवी रामवावु प्रसाई (खनुपरूदे) को निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । काँग्रेसका पूर्व कोषाध्यक्ष एवं समाजसेवी प्रसाईको आज दिउँसो १२ः३० बजे काठमाडौँको ओम अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
सभापति देउवाले एक शोक विज्ञप्तिमार्फत अग्रज समाजसेवी, सत्यवादी नेताको रुपमा आफ्नो बेग्लै पहिचान बनाउनु भएका पूर्व कोषाध्यक्ष प्रसाईको निधनको खबरले आफूलाई दुःखीत बनाएको उल्लेख गर्नुभएको छ । सभापति देउवाले उहाँमा भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ ।
स्व प्रसाई सन्त नेता कृष्णप्रसाद भट्टराईको सभापतित्वकालमा पार्टीको कोषाध्यक्ष हुनुहुन्थ्यो । विसं १९७८ को माघ १५ मा जन्मनु भएका प्रसाईले नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गर्नु भएको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस