काठमाडौँ- आजका लागि बोलाइएको नेकपा एमालेको केन्द्रीय कमिटी बैठक स्थगित भएको छ ।
पार्टी एकताका लागि छलफल भइरहेका बेला एकपक्षीय रुपमा बैठक बोलाइएको भन्दै माधव नेपाल पक्षले आपत्ति जनाएपछि बैठक भोलि बस्ने गरी स्थगित भएको हो । एकतालाई ध्यानमा राखेर बैठक सारिएको एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले बताएका छन् । माधव नेपाल पक्षले पार्टी एकताका लागि विभिन्न तहमा छलफल भइरहेका बेला केन्द्रीय कमिटी बैठक बसेर एक पक्षीय ढंगले कुनै पनि निर्णय गर्न नहुने भन्दै बैठक सार्न दबाब दिएको थियो ।
नेपाल पक्षले भने बैठक सारिनु स्वागतयोग्य भए पनि एक दिनका लागि मात्रै सारिएको भन्दै असन्तुष्टि जनाएको छ । नेपाल पक्षीय नेता भीम आचार्यले केही दिन बैठक सारेर कार्यदलले तयार पारेको दश बुँदे सहमति कार्यान्वयनमा प्रतिबद्ध भएपछि पार्टी एकता कुनै टाढाको विषय नभएको बताएका छन् ।
गत हप्ता बसेको अध्यक्ष केपी ओली निकट स्थायी कमिटी बैठकले आजका लागि केन्द्रीय कमिटी बैठक तय गरेको थियो । स्थायी कमिटी बैठकले विभिन्न विभागहरुलाई पूर्णता दिने, सदस्यता नवीकरण गर्ने तथा पालिकास्तरको अधिवेशनको मिति तोक्नेलगायतका निर्णय गरेसँगै नेपाल पक्षले आपत्ति जनाएको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस