काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले सार्वजनिक संस्थाहरु बलियो हुनुपर्ने बताएका छन् । नेपाल विद्युत प्राधिकरणको कर्मचारी संघको कार्यक्रमलाई सम्बोधन गर्दै नेता थापाले सार्वजनिक संस्थाप्रति अलमल रहेको र त्यो नेताहरुमा पनि विद्यमान रहेको बताए ।
कांग्रेसमाथि उद्योग बेचेको आरोप लाग्ने गरेको भन्दै थापाले त्यो सबै नबुझेर गरिएको टिप्पणी भएको बताए । उनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पनि चुनावका बेला कांग्रेसले उद्योग कलकारखाना बेच्यो, निजीकरण गर्यो भनेर लगाएको आरोप उनी प्रधानमन्त्री बनेपछि खण्डित भएको बताए ।
‘सार्वजनिक संस्थाहरुबारे हामी कहिलेकाही अलमलमा परेको पाउँछौं । कहिले बाँसबारी छाला जुत्ता कारखानाको बारेमा रुन्छौं । कहिले भृकुटी कागजका बारेमा रुन्छौं । अहिले पनि उद्योग बेचेर खायो भनिन्छ । तर आजसम्म उद्योग बेचेर खायो भनेर गाली गर्ने कुनै पनि व्यक्तिले प्रधानमन्त्री हुँदै गर्दा वा सरकार चलाउन पाउदै गर्दा फर्केर आएर चुरोट कारखाना खोलेको, जुत्ता कारखाना खोलेको, कागज कारखाना खोलेको कही पाउनुभएको छ ?’ थापाले प्रश्न गरे ।
उनले अघि थपे, ‘किनकि प्रधानमन्त्रीको कुर्सीमा बसेको के थाहा हुन्छ भने सरकारले जुत्ता कारखाना चलाउने होइन रहेछ, चुरोट कारखाना सरकारले चलाउने होइन रहेछ भन्ने त्यहाँ थाहा हुन्छ । १७ करोड पिअर जुत्ता नेपाल फुटवेयर इण्ट्रस्टीमा उत्पादन हुन्छ । उत्पादन क्षमता छ । यो बाँसबारी छाला जुत्ता कारखाना निजीकरण भएरै सञ्चालनमा आएको हो नि ।’
नेता थापाले विद्युत प्राधिकरणले आर्जन गरेको प्रतिष्ठा र ओज कायम राख्न र नाफामा लैजान आग्रह गरे । प्राधिकरणले बनाउनुपर्ने परियोजना अरुलाई दिएकोमा उनले आक्रोश पोखे । विद्युत अपत बढिरहेको भन्दै थापाले प्रसारण लाइन बनाउन सहायता आउँदा विदेशी सेना आउँछ भनेर हल्ला गरेर अवरोध गर्ने काम भएको बताए । विदेशी सहयोग नलिने भए स्वदेशी लगानीमै प्रसारण लाइन निर्माण गर्नुपर्ने उनको जोड छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस