काठमाडौँ- यातायात मन्त्रालयले एक महिनाभित्र सवारीसाधनमा इम्बोस्ड नम्बर राख्न भनेर गरेको ताकेता नागरिकमाथिको अत्याचार भन्दै तत्काल पुनर्विचार गर्न नेपाली काग्रेसका महामन्त्री तथा सांसद गगन थापाले आग्रह गरेका छन् । सांसद थापाले सोमबारको प्रतिनिधिसभाको बैठकको सुरुमै सभामुखसँग समय लिएर बोल्ने क्रममा सरकारले गरेको अपारदर्शी निर्णय र निकम्मापनको सजाय नागरिकलाई दिन खोजिए यसको अवज्ञा हुने बताएका छन् ।
उनले इम्बोस्ड नम्बर व्यावहारिक नभएको पनि तर्क गरेका छन् । उनले इम्बोस्ड नम्बर देवनागरीमा नभएकोमा पनि विरोध जनाए । यस्तै नम्बर जडानमा महँगो भएको भन्दै त्यसको मूल्य घटाउनु पर्नेमा उनको तर्क छ । जबरजस्ती गरिए नागरिकले यसको अवज्ञा गर्नेसमेत थापाले चेतावनी दिएका छन् ।
यातायात व्यवस्था विभागले साउन १ गतेदेखि सवारीहरूमा अनिवार्य इम्बोस्ड नम्बर प्लेट जडान नगरे कारबाही गर्ने चेतावनी दिएको छ । विभागले साउन १ गतेभित्र बागमती र गण्डकी प्रदेश भित्रका सवारी धनीले सवारीमा इम्बोस्ड नम्बर प्लेट जडान गर्न भनिएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस