नेकपा माओबादी केन्द्रको २४ औं भातृ संगठन रिटर्नी सेन्टर नेपाल कर्णाली प्रदेशको भेला मिति २०८० साउन २८ गते सुर्खेतको बिरेन्द्र नगरमा हुने भएको छ l
वैदेशिक रोजगारबाट फर्किएका कर्णाली प्रदेश भरिका नेकपा माओवादी केन्द्रमा आस्था राख्ने सम्पूर्ण कमरेडहरुहरूलाई उक्त भेलामा उपस्थितिको लागि रिटर्नी सेन्टर नेपालका केन्द्रिय उपाध्यक्ष तथा कर्णाली प्रदेशका इन्चार्ज भिम ब.रोकाय (मुस्कान )ले अनुरोध गरेका छन ।
रिटर्नी सेन्टर नेपालले गत जेष्ठ २६ गते काठमाण्डौको कोटेश्वरको एवन क्याफेमा विदेशबाट फर्किएका माओबादी युवाहरुलाई सङ्गठित गर्ने उद्देश्यले पार्टीका केन्द्रिय अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रमुख आतिथ्यमा राष्ट्रिय भेला गरेका थिए l प्रधानमन्त्रीले उद्घाटन गरेको उक्त भेलामा केन्द्रदेखि पालिकासम्मको संगठन विस्तार गरि आगामी ६ महिनाभित्र अधिवेशन गर्नको लागि देवेन्द्र सम्बाहाम्फेको संयोजकत्वमा ९९ जनाको तदर्थ केन्द्रिय कमिटि बनाएका थिए l वैदेशिक रोजगारीबाट फर्किएका युवाहरुलाई पार्टीमा जोड्नुका साथै उनीहरूको सीप र क्षमता सदुपयोग गर्ने नीति रहेको रिटर्नी सेन्टर नेपालका संयोजक सम्बाहाम्फेले बताए l
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस