शनिबार सुर्खेतको बिरेन्द्रनगरमा जनक परियार बिन्दमानको संयोजकत्वमा एक कार्यक्रम गर्दै रिटर्नी सेन्टर नेपालको प्रदेश कमिटि गठन गर्ने अभियान कर्णालीबाट शुरु भएको छ l
रिटर्नी सेन्टर नेपालको केन्द्रिय संयोजक देबेन्द्र सम्बाहाम्फेको प्रमुख आतिथ्यमा भएको सो प्रदेश कमिटीमा सहसंयोजक शैलेन्द्र खत्री ,सचिव प्रेम सिँह तिरुवा,सदस्य चन्द्र प्रकाश भारती,अस्मिता रोकामगर ,दिपक शाह,हिरादेवि बिक,मन ब. शर्मा, नवीन रोकाय,जनादेवि बुढा,पुर्ण ब.रोकाय रहेका छन l
कार्यकमका प्रमुख अतिथि सम्बाहाम्फेले विदेशबाट सिकेको श्रम,सिप, पुंजीलाइ नेपाल विकास अभियानमा सदुपयोग गर्नुपर्ने बताए l उहालें माओबादी जनयुद्ध कर्णालीबाट शुरु भए जस्तै रिटर्नी सेन्टर नेपालको अभियान पनि कर्णालीबाट शुरु भएको हुनाले निश्चितरुपमा हाम्रो अभियान सफल हुने पुन बताए l त्यस्तै कार्यक्रममा विशिष्ट अतिथि कर्णाली प्रदेश उर्जा तथा जलश्रोत मन्त्री उर्मिला बिकले उद्यमशीलता र आत्मनिर्भरतालाई पहल गरेर रिटर्नी सेन्टर नेपालले बेरोजगारीलाई रोजगारीमा परिणत गर्नुपर्ने बताइन l
भारि बर्षाका बाबजुदमा पनि शुरु भएको सो कार्यक्रममा बिशिष्ठ अतिथि रिटर्नी सेन्टर नेपालका केन्द्रिय सचिब भिम लकान्द्रीले हामीले रिटर्नी सेन्टर नेपालको संगठन तिब्र रुपमा विस्तार गर्ने तथा प्रवासमा हाम्रो पार्टीमा आबद्ध भएर सक्रिय रुपमा काम गरेर नेपालमा फर्केका रिटर्नीहरुलाई हाम्रो मुलधारमा ब्यबस्थापन गर्ने बताए l त्यस्तै रिटर्नी सेन्टर नेपाल कर्णाली प्रदेशका संयोजक जनक परियार बिन्दमानले कर्णाली प्रदेशमा संगठनको विस्तार गर्ने ,उत्पादनमुलक तथा अरु भातृसंगठनको भन्दा फरक काम गर्ने बताए l
कार्यक्रममा कर्णाली प्रदेश पार्टी अध्यक्ष बिमला केसि ,रिटर्नी सेन्टर नेपालका केन्द्रिय उपाध्यक्ष तथा बागमती प्रदेशका इन्चार्ज हेमन्त पौडेल ,केन्द्रिय उपाध्यक्ष तथा कर्णाली प्रदेशका इन्चार्ज भिम रोकाय मुस्कान , केन्द्रिय उपाध्यक्ष तथा सुदुरपश्चिम प्रदेशका प्रदेशका इन्चार्ज अस्मित सिंह ,केन्द्रिय सचिवालय सदस्य बालकृष्ण मरासिनीले आआफ्नो मन्तब्य ब्यक्त गरेका छन l
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस