आज रिटर्नी सेन्टर नेपाल सुदुरपश्चिम प्रदेशको प्रथम भेला राजेन्द्र सिंह बिष्टको संयोजकत्वमा धनगढीमा सम्पन्न भएको छ l
पार्टीको स्थायी समिति सदस्य एबं सुदुरपश्चिम प्रदेश संसदिय दलका नेता खगराज भट्टको प्रमुख आतिथ्यमा भएको भेला कार्यक्रममा १९ जनाको प्रदेश कमिटि गठन गरेका छन् l नेता खगराज भट्टले रिटर्नी सेन्टर नेपालको उदेश्य अनुसार राम्रो काम गरेर नमुनाको भातृसंगठन बनाउनुपर्ने र यसको लागि पार्टी तथा आफुले सहयोग गर्ने बताए l त्यस्तै कार्यक्रमका विशिष्ट अथिति , रिटर्नि सेन्टर नेपालका केन्द्रिय सह-संयोजक तथा बाग्मती प्रदेशका इन्चार्ज हेमन्त पौड्यालले रिटर्नि सेन्टर नेपाल उत्पादनसित जोड्ने उदेश्यले गठन गरेको , रिटर्निहरु सामुहिक रुपमा मिलेर साना ,मझौला तथा ठुला उद्योग खोल्दै बेरोजगारहरुलाई रोजगार दिनुपर्ने बताए l उहाले आफ्नो क्षेत्रमा तिब्र रुपमा संगठनको बिस्तार गर्ने बताए l
करिब ८० जनाभन्दा बढी रिटर्नी साथीहरु भेला भएको सो कार्यकममा विशिष्ट अथिति ,रिटर्नि सेन्टर नेपालका केन्द्रिय सह-संयोजक एवं सुदुरपश्चिम इन्चार्ज अस्मित सिंहले रिटर्नि सेन्टर नेपालको योजना तथा लक्ष्य अनुसार बेरोजगारी हटाउनको लागि उद्यमशीलताको विकास गरी रोजगारीको सृजना गर्नको लागि प्रयास गरिने बताए l केन्द्रिय सह-संयोजक सिंहले पार्टीको २४ औं भातृसंगठन रिटर्नि सेन्टर नेपाल अरु २३ औं भातृसंगठनभन्दा फरक किसिमले काम गर्ने तथा पार्टीको मार्गनिर्देशन अनुसार हिडी संगठनको तिब्र विस्तार पनि गर्ने बताए l त्यस्तै कार्यक्रमका सभापति तथा रिटर्नी सेन्टर नेपालका प्रदेश संयोजक राजेन्द्र सिंह बिष्टले रिटर्नी साथीहरु मिलेर उत्पादनशील क्षेत्रमा जोड दिई आत्मनिर्भर बनाउने कार्यमा आफुले प्रयास गर्ने तथा संगठन बिस्तारमा लाग्ने बताए l
कार्यक्रममा अथितिहरु पार्टी केन्द्रीय सदस्य भरत धानुक ,पार्टी प्रदेश सचिब एवं संबिधान सभा सदस्य जनक बुढा ,पार्टी कार्यालय सचिब उद्धब भट्टराई,रिटर्नि सेन्टरका नेपाल केन्द्रिय सचिवालय सदस्य बालकृष्ण मरासिनी तथा पार्टी प्रदेश समिति सदस्य सुरेन्द्र देवकरले आआफ्नो मन्तब्य ब्यक्त गरेका छन l कार्यक्रममा विभिन्न जिल्लाका इन्चार्ज ,संयोजकहरु तथा आयोजक कमिटिका साथीहरुको उपस्थिति रहेका थिए lभेला कार्यक्रमको संचालन शमसेर मल्ल तथा स्वागत मन्तब्य रिटर्नि सेन्टर नेपालका केन्द्रीय सदस्य डम्बर जोशिले दिएका थिए l
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस