आउदो भाद्र २७ गते रिटर्नी सेन्टर नेपाल प्रदेश नं १ को प्रथम भेला हुने भएको छ l
पुर्ब कृषि मन्त्री एबम माओबादी केन्द्रका केन्द्रिय सचिब क. चक्रपाणी खनाल ( बलदेब) को प्रमुख आतिथ्यमा बिराटचोक मोरङमा प्रथम भेला हुने रिटर्नी सेन्टर नेपालका प्रदेश नं १ का संयोजक बिशाल भण्डारीले बताए l प्रदेश नं १ का संयोजक भण्डारीले भाद्र २५ गते धरान उपमहानगर ,भाद्र ३० गते झापा जिल्ला तथा असोज महिना भरि प्रदेश नं १ का सम्पूर्ण जिल्ला तथा स्थानीय निकायहरुमा भेला गरेर कमीटी निर्माण गर्ने बताए l उहाले रिटर्नि सेन्टर नेपालको उदेश्य अनुसार बिदेशमा सिकेको श्रम ,सीप र पुंजीलाइ नेपाल बिकासमा खर्चने तथा उत्पादनसंग जोड्न रिटर्नीहरु मिलेर सामुहिक रुपमा लगानी गर्ने बताए l
पार्टीको तीन महिने अभियानसंगै रिटर्नि सेन्टर नेपाल प्रदेश नं १ को प्रथम भेला पनि भएकोले पार्टी संगठन तथा रिटर्नि सेन्टर नेपाललाई प्रदेश नं १ का गाउगाउमा ,घरघरमा प्रचार प्रसार गर्ने रिटर्नि सेन्टर नेपालका केन्द्रिय सहसंयोजक तथा प्रदेश नं १ का इन्चार्ज डोल बहादुर कार्कीले बताए l केन्द्रिय सहसंयोजक कार्कीले आफुले बिदेशबाट फर्केका रिटर्नी युबा साथीहरुलाई स्वरोजगार ,उत्पादनसंग जोड्न महत्त्वपूर्ण भुमिका निर्वाह गर्ने बताए l उहाँले प्रथम प्रदेश भेलामा बैदेशिक रोजगारीबाट फर्केका दाजुभाइ तथा दीदि बहिनीहरुलाई उपस्थितिको लागि अनुरोध गर्नु भएको छ l
कार्यक्रमको जानकारी
कार्यक्रम – प्रदेश नं १ को प्रथम भेला
आयोजक – रिटर्नी सेन्टर नेपाल प्रदेश नं १
स्थान – उधोग बाणिज्य संघको हल बिराटचोक,मोरङ
समय– बिहान ११ बजे
सम्पर्क
केन्द्रिय सहसंयोजक डोर बहादुर कार्की – ९८६९३२५७३३
प्रदेश संयोजक बिशाल भण्डारी – ९८६०११७२०२
प्रदेश सचिब गणेश कालिकोटे – ९८६६४४७५२१
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस