असोज २७ गते शनिबारका दिन मोरङको पथरी रत्नचोकमा रिटर्नी सेन्टर नेपाल मोरङ जिल्लाको प्रथम भेला राजकुमार बिश्वकर्मा ( राज तिर्वा )को संयोजकत्वमा सम्पन्न भएको छ l
नेकपा ( माओबादी केन्द्र ) केन्द्रिय सदस्य,प्रदेश नं १ पुर्ब उप सभामुख तथा ३ महिने अभियान इन्चार्ज सरस्वती पोखरेलको प्रमुख आतिथ्यमा २५ सदस्यीय कमिटि चयन गरेका थिए l प्रमुख अतिथि सरस्वती पोखरेलले पार्टी संघीयता, गणतन्त्र स्थापित् गर्ने पार्टी भएकोले बैदेशिक रोगजारीबाट फर्केका सदस्यहरु अव पार्टीमा सक्रिय भएर लाग्नुपर्ने बताइन l त्यस्तै रिटर्नी सेन्टर नेपालको प्रदेश नं १ फ्याक्सन इन्चार्जसमेत रहेका पार्टीको प्रदेश कोषाध्यक्ष गगन पुरीले पार्टीले अव जनताको अवस्था परिवर्तन गर्न नयाँ अजेण्डामा लाग्नु पर्ने बताए । पुरीले पार्टीले अव पूर्ण निशुल्क शिक्षा, स्वास्थ्य, रोजगारको मुद्धा दृढताको साथ उठाए मात्र जनताले पत्याउने बताए । एमालेसँगको संयुक्त सरकारबाट माओवादी केन्द्रलाई फिर्ता बोलाउन कांग्रेस नेता शेखर कोइराला र मुख्यमन्त्री बनेका केदार कार्कीले पनि भूमिका खेलेको भन्दै एमालेको समर्थनमा कार्की मुख्यमन्त्री बन्नु अप्राकृतिक भएको पुरीको तर्क थियो । निकट भविश्यमै पुन कांग्रेस गठबन्धनको सरकार बन्ने गगन पुरीको दाबी थियो ।
कार्यक्रममा विशिष्ट अतिथि प्रथम संविधान सभा सदस्य तथा पार्टी केन्द्रिय लेखा सदस्य लाल बा.सुस्लिन मगर,रिर्टनी सेन्टर केन्द्रीय सहसंयोजक तथा १ नं प्रदेश इन्चार्ज डोरबहादुर कार्की, पार्टी मोरङ जिल्ला अध्यक्ष बिजय बिस्वास, रिटनी नेपालको केन्द्रीय सचिव भिमकुमार लकान्द्री, केन्द्रीय सदस्य तथाअन्तराष्ट्रिय बिभाग संयोजक राम सञ्जेल, परसुराम लुइटेल, रिटर्नी सेन्टर नेपाल केन्द्रिय सदस्य तथा प्रदेश न.१ सह संयोजक गणेश कालिकोटे, प्रदेश सचिव नवीन गुरुङ, रिटर्नी केन्द्रिय सदस्य चेतना,प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य अर्जुन जम्नेली राई, नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्य खेम ढुङ्गेल लगायतले शुभकामना मन्तब्य दिएको कार्यक्रम सुर्यविक्रम याक्खाले सञ्चालन गरेका थिए ।
पदाधिकारी नामावली
संयोजक – राजकुमार बिश्वकर्मा
सचीव -देबेन्द्र लिम्बू (वनेम)
कोशाध्यक्ष – बिशाल राउत
सदस्य – निरज कुमार मण्डल
सदस्य – रचन गुरुङ
सदस्य -लिला कुमार श्रेष्ठ
सदस्य -मेघराज बराल
सदस्य -सिवसङ्कर मण्डल
सदस्य -रोशन साह
सदस्य -सुजन चापागाईं
सदस्य -पुष्प अधिकारी
पालिका संयोजक र सचीव
———————————
पथरिसनिस्चरे क)संयोजक-प्रताप लुइँटेल
ख)सचीव -मान बा.बस्नेत
धनपालथान-क)संयोजक-.सुनिल मण्डल
ख)सचीव -भुवन मण्डल
रतुवामाइ क)संयोजक -क)प्रेम राई
ख)सचीव -रोशन माझी
रङ्गेली क)संयोजक – निरजकुमार मण्डल
ख) सचीव -.देवनारायण मण्डल
उर्लाबारी क)संयोजक-लिला श्रेष्ठ
ख)जुलन पोदार
सुनबर्शी क)संयोजक-क.सङ्केत राजबङ्सी
ख)सचीव -क.केशव रिशिदेव
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस