कार्तिक २० गते सोमबारका दिन रिटर्नी सेन्टर नेपाल हल्दिबारी गाउँपालिकाको प्रथम भेला बिजय प्रकाश लावतीको संयोजकत्वमा सम्पन्न भएको छ l
भेलामा नेकपा ( माओबादी केन्द्र ) १ नं प्रदेश कमिटी सद्स्य तथा रिटर्नी सेन्टर नेपाल केन्द्रीय सचिब भीम लकान्द्रीको प्रमुख आतिथ्यमा १५ सदस्यीय कमिटि चयन गरेका थिए l प्रमुख अतिथि भीम लकान्द्रीले विदेशबाट फर्किएका नेपालिहरुको ज्ञान् ,सीप,पूंजी र प्रबिधिलाइ उत्पादन तथा उधमशिलतासंग जोडेर समृद्धि नेपाल निर्माण गर्दै समाजबादको यात्रामा जानको लागि रिटर्नीहरुको प्रमुख भुमिका रहने बताए l नेपालको अर्थतन्त्रलाई सुधार गर्नको लागि परम्पराबादी होइन आधुनिक कृषि उत्पादनमा सरकारले प्राथमिकतामा राखेर समय सापेक्ष अनुसार लगानी गर्नुपर्ने बताए l रिटर्नी सेन्टर नेपालले बैदेशिक रोजगारलाइ प्रतिस्थापन गर्दै स्वदेशमै रोजगार शृजना गर्ने पनि सचिब लकान्द्रीले पुन बताए l त्यस्तै विशिष्ट अतिथी तथा रिटर्नी सेन्टर नेपाल झापा संयोजक शुबास चन्द्र मैनालिले नेपालको समृद्धिको लागि रिटर्नी सेन्टर नेपालले स्वास्थ्य, रोजगार तथा शिक्षालाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताए l संयोजक मैनालिले स्वास्थ्य मानव जीवनको लागि प्रमुख बिषय भएकोले नेपाल सरकारले निशुल्क स्वास्थ्य सेवा दिनुपर्छ अनि मात्र समाज समृद्धि तर्फ जाने बताए l
हल्दिबारी -५ कन्चनश्री बजारमा भएको भेलामा कार्यक्रम अध्यक्ष तथा रिटर्नी सेन्टर नेपाल हल्दिबारी गाउँपालिकाका संयोजक बिजय प्रकाश लावतीले झापाको हल्दिबारीको प्रमुख उत्पादन माछा तथा धान भएकोले यसको ब्यबस्थापन गर्न सके यहाँको स्थानीय जनताहरुलाई आत्मनिर्भर बनाउन सकिने बताए l उहाँले पार्टी तथा रिटर्नी सेन्टर नेपाल संगठन निर्माणमा जोड दिने बताए l भेलाको कार्यक्रम संचालन यादब कुमार मिश्रले गरेका थिए l
पदाधिकारीहरुको नामावली
संयोजक – बिजय प्रकाश लावती
सह संयोजक – सन्तोश कुमार राजबंशी
सचिब – हरि चम्लागाई
सदस्य – भीम लिम्बू
सदस्य – यादब कुमार मिश्र
सदस्य – भगेन्द्र बन
सदस्य – सुजित हस्दा
सदस्य – राम कुमार राई
सदस्य – धिर बहादुर मगर
सदस्य – धन बहादुर फागो
सदस्य – खगेन्द्र दियाली
सदस्य – मदन राजबंशी
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस