माघ ३ गते नेकपा ( माओबादी केन्द्र ) पर्वत जिल्ला पार्टी कार्यलय, कुश्मामा रिटर्नी सेन्टर नेपाल पर्वतकाे प्रथम जिल्ला भेला सम्पन्न भएको छ ।
नेकपा ( माओवादी केन्द्र ) का पर्वत जिल्ला सचिवालय सदस्य तथा कुश्मा नगर अध्यक्ष शंकर गिरीको प्रमुख आतिथ्यमा भएको उक्त भेलाले राजु न्याैपाने काे संयाेजकत्वमा ११ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ l प्रमुख अतिथि गिरीले विदेशबाट फर्किएका युवाहरु विकास र परिवर्तनको मेरुदण्ड भएकाेले जति सक्दाे छिटाे पालिका स्तरमा पुगेर उत्पादन कार्यमा जाेड्न आग्रह गरे । त्यस्तै त्यस्तै रिटर्नी सेन्टर नेपाल गण्डकी प्रदेशका संयोजक तथा भेलाका अध्यक्ष ईश्वरी प्रसाद ढकालले अब हामीले आसन र भाषण गर्नु भन्दा पनि उत्पादनमा जोडिएर रोजगारीको सृजना गर्नु पर्ने बताए l
भेलामा रिटर्नी सेन्टर नेपालका केन्द्रिय सचिवालय सदस्य बालकृष्ण मरासिनीले संगठन खोल्नुको उदेश्य र यसको औचित्यबारे तथा देवघाट गाउँपालिकाका निर्वाचित गाउँपालिका उपाध्यक्ष तथा रिटर्नी सेन्टर नेपाल गण्डकी प्रदेशका सह-संयाेजक भुवन सिं गुरुङ्गले संगठनको बिधि बिधानबारे प्रष्ट पारेका छन l
रिटर्नी सेन्टर नेपाल गण्डकी प्रदेश सचिव सज्जन कुमार सिंहले सचालन गरेको उक्त भेलामा रिटर्नी सेन्टर नेपाल गण्डकी प्रदेश सदस्य हिरा बहादुर रेग्मी,रेशम केसी समेतकाे उपस्थितीमा रहेको थियो l भाेलि माघ ४ गते पाेखरामा रिटर्नी सेन्टर मुस्ताङको भेला हुने गण्डकी प्रदेशले जनाएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस