माघ ३ गते बुधवार म्याग्दीको बेनीमा रिटर्नी सेन्टर नेपाल म्याग्दीकाे प्रथम जिल्ला भेला सम्पन्न भएको छ ।
नेकपा ( माओवादी केन्द्र )का केन्द्रीय सदस्य गाेविन्द पाैडेलको प्रमुख आतिथ्यमा भएको उक्त भेलाले नीलकण्ठ रेग्मीको संयाेजकत्वमा जिल्ला कमिटी गठन गरेको छ l प्रमुख अतिथि पाैडेलले खाना लाउन पुग्ने,सबै सहज हुंदाहुदै पनि अभिभावकले विदेश पठाईरहेकाे अवस्थामा विदेशबाट सिकेर आएकाे सीप,पुँजी र अनुभवलाई देशमै लगाउने गरि रिटर्नी सेन्टर नेपालले अभियान थाल्नु सुखद भएकाे बताए l उहाँले अब गफ गर्न हाेईन उत्पादन मै जुट्नुपर्ने बताए l त्यस्तै ब्यबसायिक रुपमा जोडिएका म्याग्देली रिटर्नीहरुको सहभागिता रहेको उक्त भेलामा रिटर्नी सेन्टर नेपाल गण्डकी प्रदेशका संयोजक तथा भेलाका अध्यक्ष ईश्वरी प्रसाद ढकालले यो क्षेत्र भेगीय हिसाबले र हिमाली जिल्लाको संगम स्थल भएको हुँदा गण्डकी प्रदेशको नमुना जिल्ला बनाउन रिटर्नी सेन्टर नेपाल सहयोग गर्ने बताए l उहाँले रिटर्नी सेन्टर नेपालले यहाँको सम्भाव्यताहरुको खोज ,अनुसन्धान गरि विदेशबाट फर्केका रिटर्नीहरुको श्रम ,सिप,अनुभव , प्रविधिको ज्ञान,पुँजीको प्रयोग गरि ब्यबसायिक रुपमा उत्पादनमुलक क्षेत्रमा सामुहिक लगानी गर्ने बताए l
भेलामा रिटर्नी सेन्टर नेपालका केन्द्रिय सचिवालय सदस्य बालकृष्ण मरासिनीले रिटर्नी सेन्टर नेपाल खोल्नुको मुलभूत उदेश्य र यसको बिधि बिधान, तथा संगठनको क्रियाकलापहरुको बारेमा तथा रिटर्नी सेन्टर नेपाल गण्डकी प्रदेशका सह-संयाेजक भुवन गुरुङ्गले कृषि ,उत्पादन , उधमशिलताको बारेमा आफ्नो भनाइ राखेका थिए l
रिटर्नी सेन्टर नेपाल गण्डकी प्रदेश सचिव सज्जन कुमार सिंहले संचालन गरेको उक्त भेलामा रिटर्नी सेन्टर नेपाल गण्डकी प्रदेश सदस्य हिरा बहादुर रेग्मी,रेशम केसी समेतकाे उपस्थितीमा रहेको थियो l भाेलि माघ ४ गते पाेखरामा रिटर्नी सेन्टर मुस्ताङको भेला हुने गण्डकी प्रदेशले जनाएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस