रिटर्नी सेन्टर नेपाल कास्की जिल्ला भेला सम्पन्न भएकाे छ । भेलाले सूर्य प्रसाद अधिकारीकाे संयाेजकत्वमा ११ सदस्यीय तदर्थ कमिटी गठन गरेकाे छ ।
कमिटीकाे सह संयाेजकमा एक बहादुर गुरुङ र सचिवमा लक्ष्मण क्षेत्री चुनिएका छन् । भृलाकाे उद्घाटन गर्दै माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा कास्की जिल्ला ईन्चार्ज राजकाजी गुरुङ`करण´ले देशका हरेक निकायमा सामान्तवादी साेच,सस्कृतिकाे अवशेष बाँकि रहेकाे र नाेकरशाहि पुंजीवादले परिवर्तनकाे अवराेध गरिरहेकाे तथ्य बताए ।“देशकाे परिवर्तनको लागि एक पुस्ताले त्याग गर्नैपर्छ । श्रम,उत्पादन र राेजगारीमा नजाेडि सुख छैन ।” गुरुङले भने ।
माओवादी केन्द्रका केन्द्रीय सदस्य रामजी बरालले संगठन आवश्यकताले जन्मिने भएकाेले यसकाे ओैचित्यलाई पुरा गर्न आत्मनिर्भर बन्दै समाजवादकाे बाटाे गर्नुपर्ने बताए ।“क्रान्तिबाट प्राप्त उपलब्धि रक्षाका लागि माओवादी लागेकाेले राजनीतिक अधिकार सुनिश्चित गरि आर्थिक सबलतामा अघि बढिरहेकाे छ ।” बराले भने ।माओवादी हिमनदी भएकाेले कहिल्यै नसुक्ने बताउदै समाजवादकाे नेतृत्व माओवादी बाहेकले गर्न नसक्ने पनि ठाेकुवा गरे ।
माओवादी केन्द्रका केन्द्रीय सदस्य साेमति गुरुङले युवाहरुमा राजनिति प्रति भ्रम सिर्जना गरि विदेश पलायन गर्ने काम भएकाेले भाष नभै बाँच्नका लागि राेजगारी,उत्पादनमा सिर्जना गर्नुपर्नेमा जाेड दिईन ।
केन्द्रीय सदस्य वखानसिंह तमुले वैदेशिक राेजगारबाट फर्किएका युवालाई संगठानिक रुपमा देश विकासमा लगाउनुपर्ने बताए । जिल्ला अध्यक्ष केशव पाैडेल,अनेमसंघ क्रान्तिकारी महानगर सचिवालय तुलसी अधिकारी , प्रदेश सदस्य चुडामणि अधिकारीले भेला सफलताको शुभकामना दिएका थिए ।रिटर्नी सेन्टर नेपालका उत्पादन,राेजगार तथा विदेश विभाग प्रमुख रमेश पण्डित`तुफान´ । प्रविधि प्रमुख घनश्याम भट्टराई ,सचिवालय सदस्य बालकृष्ण मरासिनीले रिटर्नी सेन्टर नेपालकाे विविध विषयमा जानकारी गराएका थिए ।
कार्यक्रम गण्डकीप्रदेश संयाेजक ईश्वरी ढकालकाे अध्यक्षता र रेशम केसीकाे स्वागतमा सम्पन्न भएकाे थियाे ।रिटर्नी सेन्टर नेपाल स्याङ्जाकाे जिल्लाकाे भेला माघ ७ र नवलकाे भेला माघ ८ गते तय गरिएकाे गण्डकी प्रदेशका सह-संयाेजक भुवन गुरुङले जानकारी दिए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस