– सज्जन कुमार सिंह –
विदेशबाट फर्कि देश मै केहि गरिरहेका युवालाई उत्पादन,राेजगारीमा जाेड्ने उद्देश्य सहित स्थापना भएकाे रिटर्नी सेन्टर नेपाल गण्डकी प्रदेशले स्याङ्जा जिल्ला भेला आईतबार पुतलीबजारमा सम्पन्न गरेकाे छ ।
भेलाले स्याङ्जा जिल्ला संयाेजकमा हिमलाल गाैतम,सह-संयाेजक ,डिल्लीराम शर्मा मरासिनी,सचिवमा आशिष न्याैपाने,सदस्यमा प्रकाश रेग्मि,प्रेम गुरुङ ,गुप्त श्रेष्ठ,श्रवण सापकाेटा,महमद अरिफ मिया,नविवस मिया,कुशल भट्टराई ,केपी खनाललाई चयन गरेकाे छ ।
भेला उद्घाटन गर्दै भुमी आयाेग स्याङ्जाका अध्यक्ष शाेभाकर ढकालले अन्तर्राष्ट्रिय पुँजीवादले नयाँ आवश्यकता सिर्जना गरेकाे बताए । पलायनबादी साेचकाे विकास भएकाेले अन्तर्राष्ट्रिय रुपमा हामी लज्जास्पद हुनुपरेकाे बताउदै अब श्रम,उत्पादन राेजगारीमा जाेडिनुपर्ने बताए । ढकालले माओवादी आन्दाेलनकाे उपलब्धी संरक्षण गर्दै अघि बढ्नुकाे विकल्प नभएको कुरामा जाेड दिए ।
माओवादी केन्द्रका केन्द्रिय सल्लाहकार संघ ताम्राकारले भेलाका लागि मात्र भेला नभै वास्तविक रुपमा उत्पादनमा जाेड्नल सुझाए ।
प्राज्ञ दुर्गा नारायण ढकालले बाहिर जाने लर्काेलाई राेक्नका लागि जागरण लिएर आएकाेमा रिटर्नी सन्टरलाई बधाई दिए । लाहुरे सस्कृतिले विदेशीन सुरु भएको र अहिले फेरि देशमा केहि हुन्न भनि विदेशीने क्रमलाई राेक्न भूमिका सेन्टरले भूमिका खेल्नुपर्ने सुझाव दिए ।
रिटर्नी सेन्टर नेपाल,उत्पादन,प्रविधि तथा विदेश विभाग प्रमुख रमेश पण्डित तुफानले हाम्राे ढिलाे चाडाे देशमै श्रम नगरी,आफै उत्पादनमा नजाेडिएसम्म पलाय हुने क्रम नराेकिने भएकाे यहाँ भएका संभावनालाई उजागर गर्दै वृहत उत्पादनमा जाेडिने गरि सेन्टरले अभियान थालेको बताए ।
युवा नेता मन बहादुर थापाले रिटर्नी सेन्टरले राजनीति भन्दा माथि उठेर बेरोजगारलाई राेजगारीमा जाेड्न आग्रह गरे । अहिले स्थानीय पालिका पनि सहुलियत,कार्यक्रम राजनिती पहुँचकाे आधारमा बाढ्ने ,आस्थाका आधारमा नभै क्षमताका आधारमा त्यस्ता कार्यक्रम दिनुपर्ने बताए ।
कार्यक्रम गण्डकी प्रदेश संयाेजक ईश्वरी प्रसाद ढकालकाे अध्यक्षतामा भएको थियाे । स्वागत प्रविधि प्रमुख जि.एस भट्टराईले गरेका थिए
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस