माघ १३ गते शनिबार रिटर्नी सेन्टर नेपालको कार्यलय ,कोटेश्वरमा बागमती प्रदेशको बिस्तारित बैठक तथा प्रदेशको भेला सम्पन्न भएको छ l
रिटर्नी सेन्टर नेपालका केन्द्रिय सह संयोजक तथा बागमती प्रदेशका इन्चार्ज हेमन्त पौडेलको प्रमुख आतिथ्यमा भएको बिस्तारित बैठक तथा प्रदेश भेलाले संयोजकमा दिपेन्द्र कार्की तथा सचिवमा उमेश घले ,नुवाकोट जिल्ला संयोजकमा होम नाथ ढकाल ,सिन्धुपाल्चोक जिल्ला संयोजकमा गणेश तामाङलाई चयन गरेका छन् l प्रमुख अतिथि पौडेलले विदेशबाट फर्केका रिटर्नीहरुको श्रम,सिप,क्षमता ,अनुभव तथा पुंजीको प्रयोग गरि सामुहिक रुपमा उत्पादनमुलक क्षेत्रमा लगानी गरि रोजगारीको सिर्जना गर्ने बताए l त्यस्तै भेला अध्यक्ष तथा रिटर्नी सेन्टर नेपाल बागमती प्रदेशका संयोजक दिपेन्द्र कार्कीले अब छिटै बागमती प्रदेशका सबै जिल्लाको भेला गरि सम्मेलन गर्ने बताए l
भेलामा बिशेष अतिथि रिटर्नी सेन्टर नेपाल केन्द्रिय सह संयोजक तथा गण्डकी प्रदेशका इन्चार्ज रामचन्द्र अधिकारी क्षेत्रीले रिटर्नी सेन्टर नेपालको उदेश्य अनुरुप सबैसित मिली सकारात्मक सोचका साथ् अघि बढ्नु पर्ने बताए l उक्त भेलामा अतिथिहरु रिटर्नी सेन्टर नेपाल केन्द्रिय सचिवालय सदस्यहरु आइटि संयोजक घनश्याम भट्टराई ,अर्थ तथा योजना संयोजक धनध्वज मल्ल ठकुरी ,प्रचार प्रसार बिभाग प्रमुख रमेश खावाजु , तथा प्रदेश नं १ का संयोजक बिशाल भण्डारी , गण्डकी प्रदेशका संयोजक इश्वरी ढकाल ,कर्णाली प्रदेशका संयोजक जनक परियार ‘विन्दमान’ ,जनप्रगतिशिल मंच कोरियाका पुर्व अध्यक्ष दिलिप धितालले आ आफ्नो धारणा राखेका थिए l तेस्तै भेलामा काभ्रे जिल्ला इञ्चार्ज बिनोद दंगाल ,रामेछाप जिल्ला इन्चार्ज दीर्घमान तामाङ , दोलखा जिल्ला इन्चार्ज सिता राम बस्नेत , ललितपुर जिल्ला संयोजक उमेश घले तथा भक्तपुर जिल्ला इन्चार्जले जिल्लाको रिपोर्ट प्रस्तुत गरेका थिए l भेलामा रिटर्नी सेन्टर नेपाल प्रदेश तथा जिल्लाका पदाधिकारीहरुको पनि उपस्थिति रहेको थियो l
भेलाको संचालन बागमती प्रदेश सचिव प्रेम चौंलागाईले गरेका थिए l
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस