मिति २०८० फागुन ४ गतेका दिन काभ्रेको कुन्तावेशीमा नेकपा ( माओवादी केन्द्र ) को जनबर्गिय संगठन रिटर्नि सेन्टर नेपाल मण्डनदेउपुर पालिकाको सम्मेलन सम्पन्न भएको छ l
नेकपा (माओवादी केन्द्र ) को मण्डनदेउपुर नगर इन्चार्ज ध्रुब काफ्लेको प्रमुख आतिथ्यतामा भएको सम्मेलनले किरण घर्तीको अध्यक्षतामा ९ सदस्यीय कमिटि चयन गरेका छन् l प्रमुख अतिथि काफ्लेले रिटर्नि सेन्टर नेपालले मुल पार्टीसंग समन्वय तथा छलफल गर्दै अगाडि बढ्नुपर्ने बताए l उहालें नवगठित कमिटीलाई बधाई तथा शुभकामना ब्यक्त गरे l त्यस्तै अतिथी, रिटर्नि सेन्टर नेपालका केन्द्रिय सदस्य तथा काभ्रे जिल्ला इन्चार्ज बिनोद दंगालले रिटर्नि सेन्टर नेपाल बारे जानकारी गराउदैं , रिटर्निहरुले विदेशबाट सिकेको श्रम , सिप, पुजीं तथा प्रबिधिको प्रयोग गर्दै सामुहिक लगानी मार्फत युवाहरुलाई उत्पादनमा जोड्दै आत्मनिर्भर बनाउनुपर्ने बताए l
रिटर्नि सेन्टर नेपाल काभ्रे जिल्ला अध्यक्ष किशोर सापकोटाले पार्टीको मुल्यमान्यतामा अधारित भएर तथा उत्पादनलाई जोडेर रिटर्नि सेन्टर नेपाल अगाडि बढ्ने बताए l अध्यक्ष सापकोटाले काभ्रेका बिभिन्न पालिकाहरुमा रिटर्नि सेन्टर नेपालको संगठनको तिब्र बिस्तार गर्ने बताए l उक्त सम्मेलनमा अतिथिहरु नेकपा (माओवादी केन्द्र ) को क्षत्रिय सदस्य उद्धब बस्नेत ,अखिल नेपाल किसान महासंघ ( क्रान्तिकारी केन्द्र) मण्डनदेउपुर नगरकमिटी अध्यक्ष देबि डोटेलले नवगठित कमिटीलाई शुभकामना ब्यक्त गरेका छन् l
रिटर्नि सेन्टर नेपाल मण्डनदेउपुरका पदाधिकारीहरु
अध्यक्ष – किरण घर्ती
सचीव – प्रयास तामाङ
कोषाध्यक्ष – बिनोद ढकाल
सदस्य – नवीन तिमल्सिना
सदस्य – गणेश ढकाल
सदस्य – सन्दिप हमाल
सदस्य – रमेश ढकाल
सदस्य – जित ब.तामाङ
सदस्य – गोपाल तामाङ
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस