मिति २०८० फागुन ९ गतेका दिन काभ्रेको पाँचखालमा नेकपा रिटर्नी सेन्टर नेपाल पाँचखाल नगरको सम्मेलन सम्पन्न भएको छ l
नेकपा (माओवादी केन्द्र ) पाँचखाल नगर कमिटी अध्यक्ष चेत प्रसाद गौतम (मणि )को प्रमुख आतिथ्यतामा भएको सम्मेलनले सुनिल चौलागाईंको अध्यक्षतामा १७ सदस्यीय पाँचखाल नगर कमिटी चयन गरेका छन् । प्रमुख अतिथी गौतम (मणि )ले बिदेशबाट नेपाल फर्किएका र सीप पुजि आर्जन गरेका ब्यक्तीहरुलाई भविष्य एउटा छाता बनी ओत दिने काम गर्न सक्ने बताए । उहाँले नव गठीत कमिटीलाई शुभकामना दिंदै सबैलाई एकीकृत गर्दै आत्मनिर्भर हुन सक्ने र भविष्यमा अरु संगठन भन्दा पृथक तथा बृहत हुने बताउनुभयो । त्यस्तै बिशेष अतिथी रिटर्नी सेन्टर नेपालका केन्द्रिय सदस्य तथा काभ्रे जिल्ला इन्चार्ज बिनोद दंगालले रिटर्नि सेन्टर नेपालको बारेमा जानकारी दिंदै अब हामिले आफ्नो लागि राजनीति गर्नुपर्ने बेला आएको बताउनुभयो l इन्चार्ज दंगालले पहिला आफू आत्मनिर्भर बन्नुपर्ने तब मात्र देश जनता र पार्टीको लागि केही गर्न सकिने बताउनुभयो ।
रिटर्नी सेन्टर नेपाल काभ्रे जिल्लाका संयोजक किशोर सापकोटाले नव गठीत कमिटीलाई बधाई तथा शुभकामना ब्यक्त गर्दै मुल पार्टीको बिधि तथा पद्धति अनुरुप रिटर्नि सेन्टर नेपालअगाडि बढ्नुपर्ने बताए l सम्मेलनमा अतिथीहरु पार्टीका पाँचखाल नगर उपाध्यक्ष ,सचिब रामगोपाल भुजेल , नगर कमिटी सचिबालयका सदस्यहरु , जिल्ला समन्वय समितिका सदस्यहरु ,युवा नेता सुरेश भुजेल ,वडा कमिटी अध्यक्षहरुको उपस्थिति रहेका थिए l
पाँचखाल नगरकमिटीको पदाधिकारीहरु
१. अध्यक्ष – शुनिल चौलागाईं
२.उपाध्यक्ष – बिजय अर्याल
३.उपाध्यक्ष – हर्क ब .लामा
४.सचीव – नारायण सापकोटा
५.सहसचीव -सम्राट तामाङ
६.सहसचिव – राज कु. श्रेष्ठ
७.कोषाध्यक्ष- पुरुशोत्त्म कोइराला
८. सदस्य – कृष्ण पराजुली
९. सदस्य – अक्कल तामाङ
१०.सदस्य – शिबराज सुनुवार
११.सदस्य -श्याम कु. श्रेष्ठ
१२.सदस्य – शुरेस लामा
१३.सदस्य – सन्तोष भुजेल
१४.सदस्य – बिष्णु थापामगर
१५.सदस्य -मधुसूदन बन्जरा
१६.सदस्य – निरज श्रेष्ठ
१७.सदस्य – पुस्प श्रेष्ठ
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस