मिति २०८० फागुन ९ गतेका दिन नुवाकोटको बिदुरमा नेकपा रिटर्नी सेन्टर नेपाल नुवाकोट जिल्ला भेला सम्पन्न भएको छ l
नेकपा (माओवादी केन्द्र ) जिल्ला संयोजक पुष्प लामिछानेको प्रमुख आतिथ्यतामा भएको भेलाले जानुका धमला “संध्या” को संयोजकत्वमा
११ सदस्यीय जिल्ला कमिटी चयन गरेका छन् । प्रमुख अतिथी लामिछानेले नेकपा (माओवादी केन्द्र ) को मूल पार्टीलाई सक्रिय र चलायमान बनाउन सक्ने क्षमता रिटर्नी सेन्टर नेपालमा रहेकोले हाम्रो सहयोग रहने बताए l उहाँले हाल बिधमान राजनैतिक गतिबिधि भन्दा फरक ढंगले प्रबिधि सहितको उत्पादनमा जोड दिनुपर्ने बताए l त्यस्तै बिशेष अतिथि रिटर्नी सेन्टर नेपाल केन्द्रिय सह संयोजक तथा बागमती प्रदेशका इन्चार्ज हेमन्त पौडेलले रिटर्नी सेन्टर नेपालको संगठन बिस्तार द्रुत गतिमा भैरहेको र यसले आम नेपालीमा आशाको संचार पैदा गरेको गताए l
होमनाथ ढकालको अध्यक्षतामा भएको भेलामा रिटर्नी सेन्टर नेपालको अर्थ ,योजना तथा उत्पादन संयोजक धन ध्वज मल्ल ठकुरीले देशको समसामयिक र बिधमान गरिबी अशिक्षा र बेरोजगारीको समस्या समाधान गर्न विदेशबाट फर्केका रिटर्नीहरुले आर्जन गरेको श्रम ,सिप ,पुजिं र प्रविधिलाई उच्चतम प्रयोग गरि रिटर्नीहरुलाई स्वरोजागर र अन्य रोजगारीको अवसर सृजना गर्नको लागि यो सगठनको स्थापना भएको र यसै अनुरुप कार्यन्वयनको खाका पनि तयार गरिसकेको बताए l त्यस्तै भेलाका संयोजक जानुका धमलाले विदेशबाट फर्केका नुवाकोट जिल्लाका साथीहरु संकलन गरि प्रत्यक पालिकामा रिटर्नी सेन्टर नेपालको संगठन तिब्र रुपमा बिस्तार गर्ने तथा सामुहिक रुपमा लगानी गरि रोजगारीको सिर्जना गर्ने बताए l
नवगठित सम्मेलन आयोजक कमिटि
संयोजक – जानुका धमाल ( संध्या )
सचिव – रुपेश तामाङ
सदस्य – होम नाथ ढकाल
सदस्य – कृष्ण बहादुर मानन्धर
सदस्य – सुर्य लाल तामाङ
सदस्य -बुद्धिमान तामाङ
सदस्य -सुकुमान तामाङ
सदस्य -इश्वर बहादुर तामाङ
सदस्य -मानराज गुरुङ
सदस्य -पदम तामाङ
सदस्य – पत्न लाल तामाङ ” अर्जुन “
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस