मिति २०८० फागुन १२ गतेका दिन चौतारामा रिटर्नी सेन्टर नेपाल सिन्धुपाल्चोक जिल्लाको सम्मेलन सम्पन्न भएको छ l
नेकपा ( माओबादी केन्द्र ) सिन्धुपाल्चोक जिल्ला संयोजक गोबिन्द पराजुलीको प्रमुख आतिथ्यमा भएको सम्मेलनले रिटर्नी सेन्टर नेपाल सिन्धुपाल्चोक जिल्लाको इन्चार्जमा हिरा लाल तामाङ तथा गणेश तामाङको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कमिटी चयन गरेका छन l प्रमुख अतिथी पराजुलीले आफुले २०४३ साल देखि पार्टीगत रुपमा राजनैतिक कुरा सुने र राजनैतिक अवस्था मात्र बदलेको देखे l राज्य चलाउने पार्टीहरुले अब देश, जनता र पार्टीका कार्यकर्ताको मुहार फेर्न आर्थिक अवस्था बदलि रोजगारीको सृजना गर्नु पर्ने बताए l उहालें रिटर्नी सेन्टर नेपालको प्रयास सह्रानीय भएको र आफुले सक्दो सहयोग गर्ने बताए l तेस्तै बिशेष अतिथि रिटर्नी सेन्टर नेपाल केन्द्रिय सचिवालय सदस्य तथा प्रचार प्रसार बिभाग प्रमुख रमेश खावाजुले रिटर्नी सेन्टर नेपालको जानकारी ,संगठनका अवस्था ,गतिबिधि तथा प्रचार प्रसारको बारेमा जानकारी गराए l
रिटर्नी सेन्टर नेपाल केन्द्रिय सचिवालय सदस्य तथा अर्थ,योजना,उत्पादन संयोजक धनध्वज मल्ल ठकुरीले संगठनको परिचय, सदस्यहरुले गर्नुपर्ने काम ,कर्तब्य ,देश तथा स्थानीय आर्थिक अवस्था तथा विश्लेषण, रोजगार सिर्जना गर्नका लागि भाबी आर्थिक योजना ,सामुहिक लगानीको बारे बताए l त्यस्तै रिटर्नी सेन्टर नेपाल सिन्धुपाल्चोक जिल्ला इन्चार्ज हिरा लाल तामाङले विदेशबाट फर्केका सिन्धुपाल्चोक जिल्लाका साथीहरुको श्रम,सिप ,पुजिं तथा प्रबिधि प्रयोग गरि उत्पादनमा सामुहिक लगानी गरि रोजगारी सिर्जना गरि रिटर्नीहरुलाई आत्मनिर्भर बनाउने बताए l
नेकपा ( माओबादी केन्द्र ) सिन्धुपाल्चोक जिल्ला पार्टी कार्यलय चौतारामा भएको सम्मेलनमा रिटर्नी सेन्टर नेपाल सिन्धुपाल्चोक जिल्ला अध्यक्ष
गणेश तामाङले विदेशबाट फर्केका सिन्धुपाल्चोक जिल्लाका रिटर्नीहरु संकलन गरि छिटै सम्पूर्ण पालिका भेला तथा सम्मेलन गरि तिब्र रुपमा संगठन निर्माण गर्ने बताए l अध्यक्ष तामाङले संगठन निर्माण पश्चात संगठनका सदस्यहरुलाई आत्मनिर्भर बनाउन आफुले योजना बनाइरहेको जानकारी दिंदै अब रिटर्नीहरुको श्रम,सिप ,पुजींलाई उनीहरुको अनुभव ,क्षमता आधारमा बर्गिकरण गरि सामुहिक लगानी मार्फत उत्पादन गरि रोजगारीको सिर्जना गर्ने बताए l सम्मेलनमा अतिथि जिल्ला पार्टी सचिवालय सचिव राम शरण बिक तथा चौतारा साँगाचोक वडा नं २ पार्टी इन्चार्ज बिष्णु प्रसाद सापकोटाको पनि उपस्थिति रहेको थियो l
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस