मिति २०८० फागुन १२ गतेका दिन कोटेश्वरमा रिटर्नी सेन्टर नेपाल काठमाण्डौ जिल्ला भेला सम्पन्न भएको छ l
नेकपा ( माओबादी केन्द्र )को केन्द्रिय सदस्य तथा काठमाण्डौ जिल्ला इन्चार्ज कुमार प्रसाद पौडेलको प्रमुख आतिथ्यमा भएको जिल्ला भेलाले अमृत रायमाझीको संयोजकत्वमा १३ सदस्यीय जिल्ला कमिटी चयन गरेका छन l त्यस्तै सहसंयोजकमा श्याम काजि श्रेष्ठ तथा सचिवमा शुवर्ण कार्की चयन गरेका छन lप्रमुख अतिथि पौडेलले रिटर्नी सेन्टर नेपाल उत्पादनसित जोडिएको संगठन भएकोले बिदेशबाट फर्किएका युवाहरुले देशको आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न महत्वपुर्ण भुमिका खेल्दै समाजबादको आधार निर्माण गर्ने दिशामा अघि बढ्नुपर्ने बताए । उहाँले अब विदेश गएर होइन स्वदेसमै लाखौ युवाहरुलाई रोजगारी श्रृजना गर्न जोड दिनुपर्ने बताए lत्यस्तै बिशेष अतिथि रिटर्नी सेन्टर नेपालका केन्द्रिय सहसंयोजक तथा बागमती प्रदेशका इन्चार्ज हेमन्त पौडेलले रिटर्नी सेन्टर नेपालको परिचय ,स्थापनाको उदेश्य ,भाबी कार्ययोजना तथा आत्मनिर्भरताका लागि उत्पादन लगायत अन्य बिषयमा आफ्नो मन्तब्य ब्यक्त गरे l
बिशेष अतिथि रिटर्नी सेन्टर नेपालका केन्द्रिय सहसंयोजक तथा सुदुरपश्चिम प्रदेश इन्चार्ज अस्मित सिंहले नवगठित पदाधिकारीहरुलाई बधाई तथा शुभकामना ब्यक्त गर्दै उत्पादन तथा रोजगारी सिर्जना गर्न सामुहिक लगानी गर्नुपर्ने बताए l त्यस्तै रिटर्नी सेन्टर नेपाल बागमती प्रदेशका संयोजक दिपेन्द्र कार्कीले विदेशबाट फर्केका रिटर्नीहरुको श्रम ,सिप,पुजी, अनुभव ,क्षमता ,प्रबिधि प्रयोग गरि सामुहिक लगानी मार्फत आत्मनिर्भरता लागि रोजगारी सृजना गर्ने बताए l उहाँले आउदो फागुन १९ गते हुन् लागेको बागमती प्रदेशको सम्मेलनमा सहभागी भईदिनु हुन् बागमती प्रदेशका सम्पूर्ण जिल्ला ,पालिकाका पदाधिकारीहरुमा अनुरोध गरेका छन् l भेलामा अतिथिहरु जनप्रगतिशील मंच कोरियाका पुर्व अध्यक्ष दिलिप धिताल , काठमाण्डौ जिल्ला इन्चार्ज कमल प्रसाद अर्याल, ललितपुर जिल्ला इन्चार्ज बिष्णु कुमार तुम्बापे तथा अन्य पदाधिकारीहरु उपस्थित रहेका थिए l
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस