रिटर्नी सेन्टर नेपाल मकवानपुरको पहिलो जिल्ला भेला सम्पन्न भएको छ ।
नेकपा माओवादी केन्द्र मकवानपुरका संयोजक सर्केश घलानको प्रमुख आतिथ्यतामा विजय गौतमको संयोजकत्वमा १९ जनाको तदर्थ समिति चयन भएको छ । नेकपा माओवादी केन्द्र मकवानपुर जिल्लाका संयोजक सर्केश घलानको प्रमुख आतिथ्यतामा विजय गौतमको संयोजकत्वमा १९ जनाको तदर्थ समिति चयन गरेका छन । प्रमुख अतिथि घलानले रिटर्नीहरु आयमुलक तथा उत्पादनशील कार्यमा प्रतिबद्ध हुनुपर्ने बताए l त्यस्तै बिशेष अतिथि रिटर्नी सेन्टर नेपालका केन्द्रीय सहसंयोजक एंव बागमती प्रदेश ईन्चार्ज हेमन्त पौडेलले सिप नभएका रिटर्नीहरुलाई उधमशील ,सिपमुलक तालीम दिने तथा सिप भएका रिटर्नीहरु उत्पादनमुलकमा सामुहिक लगानी गरि रोजगारीको सृजना गर्ने बताए l
भेलामा बागमती प्रदेशका संयोजक दीपेन्द्र कार्कीले संगठनको बारेमा आफ्नो भनाइ राखेका थिए l त्यस्तै रिटर्नी सेन्टर नेपाल मकवानपुर जिल्ला संयोजक विजय गौतमले अरुको आशा र भरोसामा होइन हामीले सामुहिक रुपमा उत्पादनमुलक क्षेत्रमा लगानी गर्ने बताए l उहाँले मकवानपुरका जिल्लाको पालिका भेला गरि छिटै नै जिल्ला सम्मेलन गर्ने बताए l भेलामा नेकपा माओवादी केन्द्र मकवानपुरका जिल्ला सचिव भीम पाख्रीनको पनि सहभागिता रहेको थियो l
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस