काठमाडौं – काभ्रे जिल्लाका चन्देनी मन्डन, ज्याम्दी मन्डन र जैसीथोक मन्डनका १९ वटा सामुदायिक स्कुलका शिक्षक एवम् विद्यार्थीहरुलाई लक्षित गरी सञ्चालित विद्यालयमा आधारित मनोपरामर्श तालिम सम्पन्न भएको छ ।
१३ दिनसम्म सञ्चालित उक्त कार्यक्रममा एकसय भन्दा बढी शिक्षक तथा ६ सयभन्दा बढी विद्यार्थीहरुलाई १ दिने मनोपरामर्श तालिम तथा मनोविमर्श सेवा प्रदान गरिएको थियो । कार्यक्रम जिल्ला शिक्षा कार्यालय काभ्रेको समन्वयमा इको हिमाल नेपालको आयोजनामा सञ्चालन भएको हो ।
मनोविद् गोपाल ढकालले तालिमलाई सहजीकरण गर्नुका साथै मनोपरामर्श सेवा प्रदान गरेका थिए । विद्यार्थी तथा शिक्षक शिक्षिकामा तनावजन्य समस्या, डर, चिन्ताको समस्या, मानसिक आघात, पढाइजन्य, भावनात्मक एवम् व्यवहारिक समस्या पाइएको मनोविद् ढकालले बताए ।
काभ्रे भू–कम्पबाट बढी प्रभावित जिल्ला मध्येको एक हो । तालिम समापनको अवसरमा आयोजित विशेष कार्यक्रममा काभ्रे जिल्लाका जिल्ला शिक्षा अधिकारी डा.दीपेन्द्र गुरुङ, इको हिमाल नेपालका कार्यकारी निर्देशक नारायण ढकाल, गा.वि.स. सचिव, स्वास्थ्यकर्मी, शिक्षक, विद्यार्थी, पत्रकार लगायतका व्यक्तिहरुको ठूलो उपस्थिति रहेको थियो ।
तालिममा सहभागी शिक्षकहरुलाई प्रमाणपत्र वितरण गर्नुहुँदै जिल्ला शिक्षा अधिकारी डा. गुरुङले तालिममा सिकेका कुराहरु व्यवहारिक रुपमा प्रयोग गर्न शिक्षकहरुलाई सुझाव दिए । साथै उनले यस कार्यक्रमले शिक्षक एवम् विद्यार्थीहरुको मनोसामाजिक सु–स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने भएकोले यस्ता कार्यक्रमहरुले निरन्तरता पाउनुपर्ने बताउदै यसको लागि आफूले सक्दो पहल गर्ने समेत प्रतिबद्धता व्यक्त गरेका थिए |
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस