काठमाडौं – हत्या र फिरौती आतंकका मुख्य अभियुक्त मनोज पुन प्रहरी इन्काउन्टरमा मारिएका छन्। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख (एसपी) श्याम ज्ञवालीका अनुसार रुपन्देहीको देवदहमा प्रहरी माथि पुनले फायर गरेपछि जवाफी कारवाही गर्दा पुनसहित उनका सहयोगीलाई गोलि लागेको थियो । पुनसंगै रहेका मुख्य सहयोगी सोम बहादुर आले पनि मारिएका छन् ।
रुपन्देहीको देवहद नगरपालिका-४ भवानीपुरमा आज बिहान साढे ३ बजे प्रहरी इन्काउन्टरमा गम्भीर घाइते भएका पुन र आलेको बिहान लुम्विनी अञ्चल अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको प्रहरी प्रमुख ज्ञवालीले बताए । रुपन्देहीमा पुन आएको भन्ने सुचनाका आधारमा प्रहरी टोलि खटिएको थियो ।
सिआइबीका एसएसबी घनश्याम अर्यालले पुन र उनका सहयोगी आले प्रहरी इन्काउन्टरमा मारिएको पुष्टि गरेका छन् ।
पुन देवदह निवासी हुन् । गुण्डा नाइके पुनले युवा संघ रुपन्देहीका तत्कालिन अध्यक्ष दुर्गा तिवारी र संघका नेता तथा युवा व्यवसायी बलु पौडेलको हत्यामा आफ्नो संलग्नता रहेको सञ्चार माध्यमबाट बताउँदै आएका थिए । विभिन्न हत्या तथा आंतकमा पुन मुख्य फरार अभियुक्त हुन् |
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस