काठमाडौं : के तपाईँ महाशिवरात्रीको अवसर पारेर हिन्दूहरुको आस्थाको केन्द्र पशुपतिनाथको मन्दिरमा गाँजा तानेर रमाउने मुडमा हुनुहुन्छ ? यदि त्यसो हो भने तपाईँ प्रहरी कारवाहीमा पर्नुहोला !
पशुपति क्षेत्र विकास कोषसँगको सहकार्यमा जिल्ला सुरक्षा समिति काठमाडौंले सोमबार परेको महाशिवरात्री मेलामा लागु औषध सेवन गर्नेलाई कारवाहीको दायरामा ल्याउने निर्णय गरेको छ ।
कानुनी रुपमा समेत बन्देज भएको हुनाले पाशुपत क्षेत्रमा हुँने गाँजा सेवनविरुद्ध प्रहरी कडाइपूवर्क प्रस्तुत हुने महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख डीआईजी शैलेस थापा क्षेत्रीले जानकारी दिए ।
‘पशुपति क्षेत्रमा गाँजा बेच्ने र सेवन गर्ने दुबैलाई पक्राउ गरेर कानुन बमोजिम कारवाही गर्छौं’ डीआईजी क्षेत्रीले भने, ‘जिल्ला सुरक्षा समितिको निर्णय र कानुनले पनि बन्देज गरेको हुनाले प्रहरी गाँजाविरुद्ध कडा रुपमा प्रस्तुत हुन्छ ।’
पाशुपत क्षेत्रमा ‘बाबा’ हरुले यसअघि लुकाई छिपाइ गाँजा बेचबिखन र सेवन गर्दै आएका थिए । प्रहरीले यसपटक गाँजा बेच्ने र सेवन गर्ने बाबाहरुलाई पनि निगरानीमा राखेर गाँजाको कारोबार पूर्णरुपमा नियन्त्रण गर्ने भएको छ ।
‘बाबाजीहरुले पनि बेच्न पाउँदैनन्’ क्षेत्रीले भने, ‘खानु पनि भएन, हामी पूर्णरुपमा नियन्त्रण गर्ने कोशिस गर्छौं ।’
१० रुटमा सवारी प्रवेश निषेध !
शिवरात्रीमा हुने भीडभाडलाई मध्यनजर राख्दै महानगरीय ट्राफिक प्रहरी मशाखाले गौशाला आसपासका १० रुटमा सोमबार बिहानदेखि गाडी चल्न रोक लगाएको छ । चावहिलबाट गौशालातर्फको सडक, पुरानो बानेश्वर–गौशाला, तिलगंगाबाट गौशालतर्फ, सिफलचौरबाट जयबागेश्वरीतर्फ लगायतका १० स्थानका रुटमा सवारी निषेध गरिएको ट्राफिक महाशाखाका प्रमुख (एसएसपी) बसन्त पन्तले जानकारी दिए ।
‘सवारी निषेध गरिएका रुटमा बिहान गाडी चल्न पाउँछन्’, एसएसपी पन्तले भने, ‘दर्शनार्थीको प्रेशर बढ्दै गएपछि १० वटा रुपमा गाडी बन्द गर्ने गरी सवारी ब्यवस्थापन मिलाएका छौं ।’
पाशुपत क्षेत्रको ट्राफिक ब्यवस्थापन मिलाउनका लागि ५ सय ८२ जना ट्राफिक प्रहरी त्यस क्षेत्रमा परिचालित हुने ट्राफिक महाशाखाले जनाएको छ ।
पाँच हजार बढी सुरक्षाकर्मी परिचालन
सोमबार पशुपति मन्दिरमा आयोजना गरिने महाशिवरात्री पर्वको सुरक्षालाई मध्यनजर गर्दै ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । नेपाल प्रहरीले महाशिवरात्री पर्वको सुरक्षाका लागि पशुपती क्षेत्रमा चार हजार सुरक्षाकर्मी परिचालन गर्ने भएको छ ।
‘नेपाल प्रहरीको तर्फबाट चार हजार सुरक्षाकर्मी खटिन्छन्’ क्षेत्रीले भने, ‘उपत्यकामा हामीसँग भएको जनशक्तिबाट व्यवस्थापन गरेर सिफ्टवाइज कुनै सिफ्टमा प्रहरी वरिष्ठ उपरीक्षक र कुनै सिफ्टमा प्रहरी उपरीक्षकले कमाण्ड गर्ने गरी सुरक्षाकर्मी खटाउने व्यवस्था मिलाएका छौं ।’
पशुपति क्षेत्र विकास कोषले पाशुपत क्षेत्रमा पाँच हजार स्वयंसेवक खटाउने जनाएको छ ।
त्यस्तै सशस्त्र प्रहरी बलले सशस्त्र प्रहरी उपरीक्षक (एसपी)को कमाण्डमा १ हजार ३ सय सुरक्षाकर्मी परिचालन गर्ने भएको छ । ‘हाम्रो तर्फबाट १ हजार ३ सय सुरक्षाकर्मी खटिन्छन्’ सशस्त्र प्रहरी बलका प्रवक्ता (डिआईजी) सुरज श्रेष्ठले भने, ‘पशुपति क्षेत्रमा खटिने हाम्रो सुरक्षकर्मीको कमाण्ड सशस्त्र प्रहरी उपरीक्षकले गर्नुहुन्छ ।’
सोमबार पशुपतिनाथमा देश–विदेशबाट करिब १० लाख भक्तजनहरुले दर्शन गर्ने अनुमान गरिएको छ । आइतबार बिहानसम्म पशुपतिमा ८ हजारभन्दा बढी साधु सन्त आइपुगेका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस