काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान एरियाबाट वैंककतर्फ अवैध रुपमा लुकाई छिपाई लैजान लागेको ६९ हजार ५ सय ५० अमेरिकी डलर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका-४ बस्ने सरला खड्का र काठमाडौं महानगरपालिका-१६ बस्ने रिंकु गुरुङ रहेका छन् ।
नेपाल एयरलाइन्सको उडानद्वारा वैंकक जान लागेका उनीहरुलाई अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा उक्त अमेरिकी डलर सहित प्रहरीले फेला पारी पक्राउ गरेको हो । उनीहरुमध्ये सरला खड्काको साथबाट ३५ हजार ६ सय ५० र रिंकु गुरुङको साथबाट ३३ हजार ९ सय अमेरिकी डलर बरामद भएको हो ।
पक्राउ दुवै जनालाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान बिभाग हरिहरभवन ललितपुर लगिएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस