कपिलवस्तु – विभिन्न हातहतियार सहित कपिलवस्तु शिवराज नगरपालिका-९ अंचलपुर बस्ने ४० वर्षीय दुर्गाबहादुर रोक्कालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
उनी विप्लवका कार्यकर्ता भएको बताइएको छ । उक्त क्षेत्रमा हातहतियार सहित मानिसहरु लुकिछिपी बसेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक समेत र सशस्त्र प्रहरी बल समेतको संयुक्त प्रहरी टोलीले खानतलासी गर्दा उनको घरमा लुकाई छिपाई राखेको अवस्थामा विभिन्न हातहतियार सहित उनलाई फेला पारेको हो ।
उनको घरबाट एसएमजी २ थान, त्यसको गोली ६८ राउण्ड, त्यसको म्यागजीन ३ थान, ५४ टाईप पेस्तोल १ थान, त्यसको म्यागजीन १ थान, त्यसको गोली ३ राउण्ड, ५.५६ क्यालिभरको राउण्ड १ सय ३१ पिस, थप म्यागजीन १ थान र विभिन्न किसिमका तार तथा फलामका नटहरु १ बोरा बरामद भएको छ ।
हतियार सहित फेला पारी निजलाई नियन्त्रणमा लिने क्रममा तत्काल भागेपछि प्रहरीले नियन्त्रणमा लिन फायर गर्दा बायाँ खुट्टामा गोली लागेर उनी घाइते भएका छन् ।
उनलाई उपचारको लागि बुटवलतर्फ लगिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस