काठमाडौं । सीमाविदहरुले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सार्वजनिक गरेको संघीय नेपालको नक्सामा पनि लिम्पियाधुरा छुटेको भन्दै आपत्ति जनाएका छन् । सीमाविद् वुद्धिनारायण श्रेष्ठले मन्त्रालयले सार्वजनिक गरेको नक्सामा पनि लिम्पियाधुरा नपरेको भन्दै सरकारले अझै अपूरो नक्सा सार्वजनिक गरेको बताउनु भएको छ । आफुहरुले पहिलेदेखि नै सरकारलाई अपूरो नक्सा सच्याउन भने पनि अहिलेसम्म त्यो कार्यान्वयन नभएको उहाँले जानकारी दिनुभयो ।
यसअघि, हिजो मात्रै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले नेपालको संघीय संरचनासहितको नक्सा सार्वजनिक गरेको थियो । नापी विभागले तयार पारेको नेपालको यो नक्सालाई सरकारले आधिकारिक र प्रशासनिक भनेर घोषणा गरेको छ ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले यो नक्सा रिबन काटेर सार्वजनिक गर्नु भएको हो । त्यस अवसरमा नक्साबारे जानकारी दिँदै नापी विभागका महानिर्देशक गणेशप्रसाद भट्टले संघीय संरचना बमोजिम नेपालको प्रशासनिक नक्सा सार्वजनिक गर्न प्रदेशहरूको नामाकरणले ढिलाइ भएको बताउनु भयो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस