एजेन्सी : इकोनोमिक टाइम्समा छापिएको रिपोर्ट अनुसार पाकिस्तानस्थित आतंकवादी संगठन जैस–ए–मोहम्मद चीनको चिन्ताको विषय बनेको छ।
जैस–ए–मोहम्मदका प्रमुख मसुद अजहरप्रति चीनले आफ्नो धारणा परिवर्तन गरेसँगै उक्त आतंकवादी संगठन चीनको लागि खतरा सावित भएको विश्लेषण गरिएको छ।
गत महिनाको १४ तारिखमा भारत प्रशासित कस्मिरको पुलवामा जिल्लामा भएको आतंकवादी आक्रमणमा ४० भारतीय अर्धसैनिकको मृत्यु भयो।
त्यस आक्रमणको जिम्मा पाकिस्तानी भूमीबाट आतंक गतिविधी गरिरहने संस्था जैस–ए–मोहम्मदले लियो।
भारतले यस समूहलाई विश्व स्तरमै आतंकवादी घोषणा गर्ने बताइरहँदा चीनले यस समूहलाई आतंकवादीको रुपमा नहेर्ने बतायो। चीनले भारतविरुद्ध भिटो प्रयोग गर्यो।
तर, संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदले नै जैस–ए–मोहम्मदलाई आतंकवादी घोषणा गर्दै घटनाको निन्दा गरेपछि चीनले आपत्ति जनाउन पाएन। किनभने चीन आफै राष्ट्रसंघ सुरक्षा परिषदको महत्वपूर्ण सदस्य हो।
यससँगै जैस–ए–मोहम्मद चीनसँग रुष्ट भएको बताइएको छ। भारत र पाकिस्तानबीच विवाद भइरहने कस्मिरमा चीनको समेत नियन्त्रित क्षेत्र छ। जहाँबाट चीनले व्यापार गर्दछ।
आतंकवादीले चीन र पाकिस्तानको इकोनोमिक कोरिडरलाई निशाना बनाउन सक्ने आशंका गरिएको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस