काठमाडौँ : कान्तिपुर टेलिभिजन बाट प्रसारण हुने चर्चित हास्य ब्यङ्ग टेलिचलचित्र हर्के हल्दार र एनटीभी बाट प्रशारण हुने झट्काका चर्चित कलाकार निर्माता तथा निर्देशक इन्द्र दोङ तामाङ “खम्बे” ले पिडित आधा शरीरनै नचल्ने गरिब दुखि पिडित मेहर सिंहलाइ आफ्नै घरमा आश्रय दिदै उनको औषधि उपचार गर्दै आएका छन् l
आर्थिक स्थिति अतिनै कम्जोर भएका मेहर सिंह र उनको श्रीमती लक्ष्मी सिंह अहिले सहयोगको आशा गर्दै बिगत १० बर्ष देखि दुख व्यहोर्दै आएका दम्पति काठमाडौँमा आएका छन । बिगत १० बर्ष देखि उपचार गर्दै आफ्नो श्री-सम्पति सक्दा पनि उनको उपचार गर्न नसकेकोले अहिले सहयोग माग्दै हिडेको छन ।
गरिबीको कारण इण्डियामा काम गर्न जाने शिलशिलामा पहिरोले किचेर शरीरको नशा च्यापी आधा शरीरनै नचल्ने भए पछि भए भरको सम्पति सकेर उपचार गर्दा पनि नसके पछि काठमाडौँमा आई खोला तिर बसो बास गरि मागेर खाएको अबस्थामा चर्चित कलाकार निर्माता निर्देशक इन्द्र दोङ तामाङ “खम्बे” ले भेटेर पिडितहरुलाई आफ्नो सुटिङ स्थलमा नै लिएर उनीहरुलाई गाँस बास कपास तथा औषधि उपचार गर्दै राखेका छन ।
समाजसेवा एक जना व्यक्तिले मात्र गरेर सम्भब नभएको कारणले मनकारी समाजसेवीहरु सबैलाइ उनको उपचारको लागि सहयोग जुटाइदिनु हुन कलाकार खम्बे अनुरोध गर्दछन । भिडियो हेर्नुहोस :
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस