पोखरा। फेवाताल किनार लेकसाइडमा भएको ट्रान्सपार्टीमा प्रहरीले छापा मारेको छ । सो पार्टीमा छापा मार्दा नेपाली र विदेशीसहित करिब ८० जना पक्राउ परेका छन् । वडा प्रहरी कार्यालय बैदामका प्रहरी प्रमुख प्रमुख नायब उपरीक्षक (डीएसपी) कोमल शाहको कमान्डमा गएको टोलीले एकैपटक यति ठूलो संख्यामा उनीहरूलाई पक्राउ गरेको हो ।
ट्रान्सपार्टी विशेषगरी म्युजिक र लाइटसँग झुम्ने त्यस्तो पार्टी हो, जहाँ कसैलाई कसैको मतलव हुँदैन । पार्टीमा झुमेका व्यक्तिले गर्ने व्यवहार अस्वाभाविक पनि लाग्न सक्छ । ऊ आफ्नै संसारमा रमेको हुन्छ ।
पोखरा–६, लेकसाइडको खहरेमा रहेको द अफिस रेस्टुरेन्टमा ट्रान्स पार्टी भएको भन्ने सूचनाका आधारमा प्रहरीले छापा मारेको हो ।
सो रेस्टुरेन्टबाट गाँजा, चरेसलगायत लागूऔषधसहित उनीहरूलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । उनीहरूलाई जिल्ला प्रहरी कार्यालय कास्कीमा राखिएको प्रहरी प्रवक्ता प्रमुख नायब उपरीक्षक (डीएसपी) रवीन्द्रमान गुरुङले जानकारी दिए ।
पक्राउ परेका सबैमाथि छानबिन गरी दोषीलाई कारबाही गर्ने र निर्दोषलाई छाड्ने प्रहरीले जनाएको छ । पोखरामा यसअघि पनि लुकिछिपी ट्रान्सपार्टी हुने गरेको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस