काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आइतवर गएको भीषण हावाहुरीबाट घाइते भएकाहरुको उपचारका लागि थप प्रबन्ध मिलाउन सरकारसँग आग्रह गरेका छन् । मंगलबार बिहान वीरगञ्जको नारायणी अञ्चल अस्पतालमा उपचार गराइरहेका घाइतेहरुको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएपछि सभापति देउवाले सरकारलाई उपचारका लागि थप प्रवन्ध मिलाउन आग्रह गरेका हुन् ।
उनले हावाहुरीका कारण घाइते भएका नागरिकको उपचारमा अझै चुस्सता आवश्यक रहेको बताएका छन् । घाइतेहरुको उपचारका लागि केन्द्रबाट सरकारले चिकित्सक र स्वास्थ्यकर्मीहरु प्रभवित क्षेत्रमा पठाउनपर्ने देखिएको सभापति देउवाको भनाइ छ ।
सभापति देउवा मंगलवार बिहान सहमहामन्त्री डा. प्रकाशशरण महतका साथ हेलिकप्टरबाट हावाहुरी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणमा गएका थिए ।
‘‘हावाहुरीका कारण घाइते भएका साथीहरुलाई वीरगञ्जको नारायणी अञ्चल अस्पतालमा आएर भेट गरे । उनीहरुको उपचारमा अझै चुस्तता आवश्यक छ । सरकारले केही चिकित्सक र स्वास्थ्यकर्मीहरु केन्द्रबाट पठाउनु पर्ने देखिएको छ । त्यसको प्रवन्ध गर्न म सरकारसँग आग्रह गर्दछु’’ घाइतेहरुको अवस्थाका बारेमा जानकारी लिएपछि उनले ट्विट गर्दै भनेका छन् ।
आइतबार बेलुकी बारा र पर्सामा अचानक आएको भीषण हावाहुरीमा परी २७ जनाको मृत्यु भएको छ भने सयौं मानिसहरु घाइते भएका थिए । घाइतेहरुको स्थानीय अस्पतालसँगै काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस