काठमाडौँ । नेकपाका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले राजनीतिक दलहरुले अब आफ्नो जिम्मेवारी पूरा भईसक्यो भनेर निषेधात्मक रुपले अघि बढ्ने हो भने त्यसले सुखद् परिणाम नल्याउने बताएका छन् । मंगलबार प्रतिनिधि सभामा सरकारको नीति तथा कार्यक्रम माथि आफ्नो धारणा राख्ने क्रममा अध्यक्ष प्रचण्डले अब पनि हामीले पुरानै सोच र शैलीलाई परिवर्तन नगर्ने हो भने त्यसले सिंगो परिवर्तनमाथि खतराको घण्टी बज्ने सक्ने भन्दै सबैलाई सचेत गराएका छन् ।
अध्यक्ष प्रचण्डले परिवर्तनलाई संस्थागत गर्ने क्रममा जनतालाई परिवर्तनको महसुस गराउन सकिएन भने जनतामा फेरि पुरानै सोच र शैली हाबी हुने खतरा रहेको भन्दै यसमा सत्ता पक्ष र प्रतिपक्षका सांसदहरुले समेत सचेत भएर हिँड्नु पर्ने धारणा राखे । अहिले परिवर्तनलाई संस्थागत गर्न सहज नभएको भन्दै उनले त्यसमा धेरै जटिलताहरुको सरकारले मुकाविला गरिरहेको स्मरण समेत गरे । जनताहरु धैर्यशील रहेकोले सरकार र जनप्रतिनिधिहरु काम गरिरहेका छन् भनेर कुरेर बसेको भन्दै परिणाम दिन सकिएन भने जनतामा पुरानै शासनप्रतिको मोह बढ्न सक्ने चिन्ता प्रचण्डको छ ।
‘अहिले राज्यका अवयवहरुले नै राज्य संयन्त्रलाई भुत्ते बनाउन खोजेको त होईन ? भन्ने चिन्ता लागेको छ ।’ उनले भने ‘सहज ढंगले सबै कुराहरु गएको मैले देखेको छैन । त्यसमा जटिलता नै जटिलताहरु देखेको छु ।’ अहिलेको राज्यको व्यवहारले परिवर्तनले जनजीवनमा राम्रो प्रभाव पार्छ भन्नेतिर जनतालाई विश्वास बढाउँदै लगेको छ या त घटाउँदै लगेको छ ? त्यसबारे विश्लेषण गर्नु पर्ने धारणा समेत उनले राखेका छन् ।
ठूलो त्याग र तपस्याबाट आएको परिवर्तनलाई जोगाई राख्नको लागि फेरि हिजोको जस्तै त्याग र तपस्या गर्ने संकल्प नेतृत्वले नगर्ने हो भने खतराको घण्टी बज्न सक्ने चिन्ता प्रचण्डले राखे । उनले यस्तो समस्या निम्तन नदिन सम्पूर्ण दलहरु एकीकृत हुनुपर्ने धारणा समेत राखे ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस