काठमाडौँ : औधोगिक शान्ति नेपाल सस्थाले दुइ वटानै मृगौला खराव भएर पिडित भई आर्थिक समस्याका कारण उपचार गर्न नसकिरहेका मृगौला पिडित दिपक बहादुर धामी (दिपेन्द्र) लाई रु १ लाख २० हजार सहयोग गरेको छ ।
“नयाँ बर्ष नया सोच, युवाहरुको लागि छ प्रगतिको श्रोत” भन्ने मूल नाराका साथ नेपाली नयाँ बर्षको पूर्व सन्ध्या वाट भक्तपुरमा पाँचौ भक्तपुर औधोगिक सांस्कृतिक, पर्यटन तथा व्यापार मेला २०७५/७६ चैत २१ गते देखि बैशाख ४ गते सम्म भक्तपुरको सल्लाघारीमा सम्पन्न भएको थियो ।
उक्त भक्तपुरमा आयोजना भएको व्यापार मेलाबाट प्राप्त मुनाफाबाट सामाजिक सेवा गर्ने उद्देश्यले मृगौला पिडीतलाई सहयोग गरेको औधोगिक शान्ति नेपालका अध्यक्ष सन्दिप महतले जानकारी गराए । संस्थाले एक कार्यक्रमको आयोजना गरि धामीलाई संस्थाका अध्यक्ष महत, मध्यपुर व्याइज व्याण्डका अध्यक्ष सुनिल बज्राचार्य र मेला आयोजक समितिका संयोजक दिपक थापाले सहयोग रकम हस्तान्तरण गरेका थिए ।
औद्योगिक शान्ती नेपाल संस्था र मध्यपुर ब्वाइज व्याण्डले संयुक्त रुपमा आयोजना गरेको उक्त महोत्सब बाट उपचारका लागि १ लाख २० हजार रुपैयाँ सहयोग प्रदान गरेका छन् ।बझाङ्ग जिल्ला दुर्गाथली गाउँपालिका–६ का २५ बर्षिय धामीको २०७३ फागुनमा दुवै मृगौला फेल भई सहिद धर्मभक्त राष्ट्रिय अंग प्रत्यारोपण केन्द्रमा डाइलासिस गराइराखेका उनको उपचारका लागि आर्थिक अभाव भएपछि सहयोग प्रदान गरेको संस्थाका अध्यक्ष सन्दिप महतले जानकारी दिनुभयो । मृगौलाको डाइलासिस, औषधी र अन्य उपचारमा हाल सम्म ३० लाख भन्दा बढि खर्च भइसकेकोले मृगौला प्रत्यारोपण गर्न आर्थिक अभाव रहेको पीडित धामीले बताए । सरकारले प्रदान गर्ने २ लाख बराबरको उपचार सहयोग पनि सकिसकेको गाउँको जग्गा बिक्रि गरेको र अझै १२–१३ लाख रुपैयाँ ऋण रहेकाले उपचार गर्न समस्या रहेको धामीको भनाई छ ।श्रीमती सरितादेवी धामीले श्रीमान्का लागि मृगौला दिन तयार भएको भएपनि प्रत्यारोपण गर्न १३–१४ लाखभन्दा बढि रकम खर्च हुने र आफुसँग उक्त रकम अभाव भएकाले हालसम्म मृगौला प्रत्यारोपण गर्न नसकेको पिडीत धामीको भनाई छ । सबैबाट यसैगरी सहयोग संकलन भए आफ्नो मृगौलाको सफल प्रत्यारोपण हुनेमा उनी विश्वस्त छन् ।
यस सस्थामा अधक्ष्य सन्दिप महत, उपाधक्ष्य राज कुमार खड्का, महासचिब शंकर गुरुङ, कोषाधक्ष्य प्रितम मल्ल, मिडिया तथा कलाकार संयोजक सुर्य चन्द र सचिबालय ब्यबस्थापक बिनोद जैसवाल रहेका छन ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस