काठमाडौं – सरकारले काठमाडौंका मुख्य चोकमा ‘मोटरसाइकल बक्स’ बनाउने र परीक्षणको रुपमा पहिलो प्रयोग नयाँ बानेश्वर चोकमा गरिने भएको छ ।
बढ्दो सवारी जाम र दुर्घटनाको समस्या कम गर्न सरकारले यस्तो उपाय अपनाउँदै छ । बानेश्वर चोकमा यो परीक्षणले सकारात्मक नतिजा दिए अन्य मुख्य चोकहरुमा यस्तो बक्स बनाएर नियम लागू गर्ने सरकारको योजना छ । यसअनुसार मुख्य चोकको अघिल्लो भागमा बक्स निर्माण गरिने छ । यस्तो बक्समा मोटरसाइकल मात्रै बस्न पाउनेछन् ।
सडक विभागले हाल एकैपटक काठमाडौंको रिंगरोड र त्यसभित्रका क्षेत्रमा एक करोड ५७ लाख खर्चेर सडकको सिग्नल मार्किङ र सडक आसपास पेन्टिङको काम गर्न लागेको हो ।
यही क्रममा जापानी सहयोग नियोग (जाइका) को सुझावअनुसार चोकमा मोटरसाइकल बक्सको परीक्षण गर्न लागिएको विभागका ट्राफिक इकाइका प्रमुख दीप बाराहीले बताएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस