पोखरा- गण्डकी प्रदेशले सुचना प्रविधि ( आइ टी ) पार्क निर्माणका लागि विज्ञ टोली र सरोकारवाला निकायसंग प्रारम्भिक छलफल गरेको छ ।
आन्तरिक ममिला तथा कानुन मन्त्रालयले आइ टी पार्कको अवधारणा, पुर्वाधार, सञ्चालन र व्यवास्थापन, व्यावसायिक र कानुनी पक्ष तथा निजि क्षेत्रको अपेक्षा विषयमा छलफल तथा अन्तरक्रिया गरेको हो ।
विषय विज्ञको रुपमा सुचना प्रविधि उच्चस्तरीय आयोगका उपाध्यक्ष मनोहर भट्टराई, सुचना तथा सञ्चार प्रविधि परिषद सदस्य सुरेश रेग्मी, युएनडिपी क्षेत्रीय प्रमुख सुदीप अर्याल, विज्ञहरु विवेक राना, हेमपाल श्रेष्ठ र तथा पवन कृष्ण श्रेष्ठले कार्यपत्र प्रस्तुत गरेको थिए ।
विज्ञहरुले गण्डकी प्रदेशले आइटी क्षेत्रको निति र पार्क व्यवास्थापन कसले गर्ने भन्ने विषयमा स्पष्ट हुनुपर्ने बताएका थिए । यसले समेट्ने क्षेत्र, लगानीको संभावना र पु¥याउने सेवाको विषयमा स्पष्ट अबधारणा सहित जान सकिए यसले प्रदेशको आर्थिक समुद्धिमा टेवा पु¥याउने बताएका थिए ।
अन्तरक्रियामा बोल्दै प्रदेश मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आइ टी पार्कका लागि बजेटको कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरे । उनले समपुरक अनुदानको रुपमा संघ सरकारबाट बजेट ल्याउने सकिने जानकारी गराउदै अन्य विभिन्न विकल्प समेत सरकारसंग रहेको बताए । सुचना प्रविधि बारे कार्यदल बनाएर यसको कार्यविधिको तयारी गर्न प्रदेश सरकारले ढिला नगरिने समेत उनले प्रतिबद्धता जनाए । आन्तरिक मामिला तथा कानुन मन्त्री हरि बहादुर चुमानले अन्तरक्रिया उठेको विषयलाई समेटी आउने भदौ महिना भित्र अर्को चरणमा छलफल चलाउने र पार्क निर्माणलाई अगाडि बढाइने जानकारी गराए ।
चालु आर्थिक बर्षमा प्रदेश सरकारले आइ टी पार्कको विस्तृत संभाव्यता अध्ययन गर्न एक करोड रकम विनियोजन गरेको छ । पोखरा महानगरपालिका वडा नं १८ मा बन्ने पार्कका लागि ९६ रोपनी जग्गा पोखरा महानगरपालिकाले भोगचलनको स्वीकृति दिइसकेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस