माडी– जंगली हात्तीको आक्रमणमा परी माडीको द्रौपतिनगमा एकजना बृद्धाको मृत्यु भएको छ । माडी न.पा.–१, द्रौपतिनगर निवासी अन्दाजी बर्ष ६२ की बृद्धा पञ्चमाया तामाङको हात्तीको आक्रमणमा परी मृत्यु भएको हो ।
घरमा बाँधिराखेको गाईको बाच्छा फुत्किँदा त्यसलाई समाउन घरबाहिर निक्लिदाँ नजिकैको झाडीमा लुकेर बसेको हात्तीले आक्रमण गरेको थियो । हात्तीले आक्रमण गरेको थाहा पाएसंगै गाउँलेहरुले होहल्ला गर्दै हात्ती धपाउने प्रयास गरेपनि तामाङको ज्यान जोगाउन समर्थ भएनन । घटना भएसंगै सो हात्ती गाउँबाट १०० मिटर टाढा निकुञ्ज छेउमा पुगेको हो । तामाङको शव घरअगाडि नै छ भने गाउँ शोकमग्न रहेको छ ।
घटनास्थलमा वडाध्यक्ष कृष्ण पौडेल र पाँचपाण्डव मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष नारायणदत्त सापकोटा बासुसंगै प्रहरी र वडाका अगुवाहरु पुगेका छन ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस