वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले लोकतन्त्रमा विपत्तीलाई स्वीकार गर्न सक्नु सबैभन्दा ठूलो कुरा भएको बताउनुभयो ।
जिल्ला समन्वय समितिले जिल्लाका सातै वटा स्थानीय तहको विकास निर्माणको समीक्षा गर्न आज आयोजना गरेको कार्यक्रममा उहाँले विकास सामाजिक न्यायमा आधारितमा भएमा मात्र जनताको माग सम्बोधन हुनेछ भन्नुभयो । मन्त्री बस्नेतले भन्नुभयो, “अहिले जाजरकोटका स्थानीय तहले गरेको कामले उत्साहित बनाएको छ, स्रोतको अधिकतम् सदुपयोग गर्दै आगाडि बढौै ।”
अहिले जलवायु परिवर्तनले गर्दा हिमालका हिउँ पग्लिरहेका कारण हामी समस्यमा पुगेको भन्दै उहाँले अब हामीले भएका स्रोतलाई संरक्षण गरी भावी सन्ततिका लागि जोगाउनुपर्ने बताउनुभयो । वातावरण जोगाएर विकास गर्नुपर्नेमा जोड दिँदै मन्त्री बस्नेतले भन्नुभयो, “हामी वरिपरिको वातावरण र प्राकृतिक सम्पदा रहेमात्र हामी रहने हो । ”
सङ्घीयता बलियो बनाउने अभियानका साथ परिणाम निस्किन थालेको पूर्वशान्ति तथा पुनःनिर्माणमन्त्री सत्य पहाडीले बताउनुभयो । मन्त्री पहाडीले भन्नुभयो, “जिल्लाको नयाँ परिचय दिनका लागि भए गरेका उपलब्धिलाई सकारात्मकरुपमा प्रचार गरी जनताको माझमा लानु पर्छ ।”
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस