बागलुङमा आज बिहान भएको जीप दुर्घटनाका गम्भीर घाइते तीन जनालाई नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरी काठमाडौँस्थित त्रिवि शिक्षण अस्पताल लगिएको छ ।
दुर्घटनामा १४ जनाको घटनास्थलमा नै मृत्यु भएको छ भने तीन घाइते र एकजना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नवराज भट्टले जानकारी दिए । बेपत्तालाई बडिगाड खोलाले बगाएको हुनसक्ने स्थानीयवासीले जनाएका छन् ।
घाइते नवलपरासी बर्दघाट–२ बस्ने १८ वर्षीय जीवन कार्की, गुल्मी इस्मा गाउँपालिका–४ का आठ वर्षीय हिमाल कार्की र सोही स्थानका २४ वर्षीय निमा केसीलाई थप उपचारका लागि काठमाडौँ पठाइएको बुर्तिवाङ स्वास्थ्य केन्द्रका डा मनोज मल्लले बताएका छन् ।
दुर्घटनास्थलमा लडेर घाइते भएका एक बालकलाई समेत सोही हेलिकोप्टरमा काठमाडौँ लगिएको छ । उद्धारका लागि सेनाको हेलिकोप्टरमा गुल्मीका पूर्वमन्त्री गोकर्ण विष्टसमेत आएका थिए । घाइतेलाई उद्धार गरी बुर्तिवाङ स्वास्थ्य केन्द्रमा लगिए पनि थप उपचारका लागि सेनाको हेलिकोप्टरमार्फत काठमाडौँ लगिएको हो ।
बागलुङ जिल्लाको बडिगाड गाउँपालिका–७ को कोप्चे भन्ने स्थानबाट अनियन्त्रित भई जीप बडिगाड खोलामा दुर्घटना भएको थियो । जीप सडकबाट करिब ५०० मिटर तल खोलामा खसेको थियो । जीप क्षमताभन्दा बढी यात्रु बोकेका कारण दुर्घटना भएको प्रत्यक्षदर्शी इस्मा गाउँपालिका–७ गुल्मीका देवीराम कार्कीले जानकारी दिएका छन् । मृतक १४ मध्ये १० जनाको पहिचान खुलेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस