जाजरकोट– चिसोबाट बच्नका लागि जिल्लाका सातै स्थानीय तहका महिला, सीमान्तकृत वर्ग, गरिब, दलित, जनजाति, वृद्ध र बालबालिकालाई न्यानो कपडा तथा दाउरा वितरण गरिन लागिएको छ । प्रजिअ जनकराज पन्तका अनुसार चिसोबाट जोगाउन कपडा तथा दाउरा वितरण गरिन लागेको हो ।
त्यस्तै विभिन्न विपत्बाट बच्नका लागि सातै स्थानीय तहलाई उच्च सतर्कतामा रहनसमेत आग्रह गरिएको छ । विपत् प्रतिकार्य योजना बनाएर कार्यान्वयन गर्नसमेत आग्रह गरिएको छ । विपत् प्रतिकार्य योजनाका लागि स्थानीय सरकारले बजेट विनियोजन नगरेका कारण समस्या भएको भन्दै तत्काल सो समस्या समाधान गर्न आग्रह गरिएको छ ।
त्यस्तै सातै स्थानीय तहमा एक÷एक हुनेगरी हेलिप्याड निर्माण गर्न आग्रह गरिएको छ । नाइटभिजन हेलिकोप्टर अवतरणका लागि बत्तीको व्यवस्थासहितका हेलिप्याड निर्माण गर्न आग्रह गरिएको छ । विपत् प्रतिकार्य योजना निर्माण गरी कार्यान्वयनमा ल्याउन नेपाली सेनाले तालीम दिने भएकाले सोका लागि आवश्यक सामग्री स्थानीय तहबाट उपलब्ध गराउन आग्रह गरिएको प्रजिअ पन्तले जानकारी दिए ।
त्यस्तै विकास निर्माणका कामलाई तीव्रता दिनसमेत आग्रह गरिएको छ । जिल्लास्तरीय समन्वय बैठकबाट जिल्लाका सबै ठाउँमा सरकारी जग्गा अतिक्रमको तथ्याङ्क सङ्कलन गरी यथाशीघ्र बुझाउन आग्रह गरिएको छ । काम नगर्ने निर्माण व्यवसायीको नामावली सङ्कलन गर्नसमेत भनिएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस