काठमाडौँ– नागरिकका समस्या समाधान गर्ने उद्देश्यले काठमाडौँ महानगरपालिका–४ ले जनतासँग जनप्रतिनिधि कार्यक्रम सञ्चालनमा ल्याएको छ । वडाले सञ्चालन गरेको कार्यक्रममा प्रतिनिधिसभा, प्रदेशसभाका सांसद, नगर प्रमुख, उपप्रमुखले नागरिकका गुनासा सुन्ने र राय लिने काम गर्छन् ।
आज सातौँ चरणको कार्यक्रम सम्पन्न भएको छ । टोल–टोलमा पुगी स्थानीयवासीका माग सम्बोधन गर्न काठमाडौँ क्षेत्र नं ५ (क) का सांसद नारायण सिलवाल र सीता अधिकारी (दाहाल) सक्रिय रुपमा लागि परेका छन् । सांसदहरु आई विकासका योजना दिन थालेपछि स्थानीयवासी पनि खुशी हुन थालेका छन् ।
जनताको समस्या बुझ्ने क्रममा चक्रपथ सडक विस्तार परियोजना र मेलम्ची खानेपानी परियोजनाले परेको असर र कामको ढिलासुस्ती बारेमा आफूले गम्भीररुपमा लिएको सांसद सिलवालले बताएका छन् । “मन्त्रालय, सडक विभाग र निर्माण व्यवसायीहरुसँग पटक–पटक छलफल तथा परामर्श भइरहेको छ”, उनले भने, “दुई वर्र्षभित्र काम सम्पन्न हुने गरी चक्रपथ विस्तारको काम अगाडि बढ्छ ।”
प्रदेश पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्र्तगत काठमाडौँ–४ धोवीखोला करिडोरस्थित सार्वजनिक जग्गामा उद्यान निर्माण गर्न रु ५० लाख, चुनदेवी मन्दिर परिसर स्तरोन्नतिका लागि रु २५ लाख, चण्डोलस्थित वंशीधर श्रीकृष्ण मन्दिर सबलीकरणका लागि रु १५ लाख र कामपा–२, ४, ५ भित्र हरियाली प्रर्वद्धन गर्न रु २३ लाख ८० हजारको योजनामा बजेट स्वीकृत भएको सिलवालले जानकारी दिए ।
प्रदेश सांसद अधिकारीले स्थानीय जनतासँग सल्लाह लिएर मात्र योजना तयार गर्ने बताए । “जनताको भावना बुझेर काम गर्नुपर्छ”, उनले भने, “लामो समयपछि स्थानीय तहमा आएका जनप्रतिनिधिबाट जनताले धेरै आशा गरेका छन् ।”
वडाध्यक्ष मोहन विष्ट वडाले चालेको अभियानले सकारात्मक सन्देश प्रवाह भइरहेको बताउँदै वडा नंं ४ लाई नमूना वडाको रुपमा विकास गरिने बताए । “यस वडालाई हरियालीपार्क ‘हव’को रुपमा रुपान्तरण गर्छौँ”, उनले भने । स्थानीयस्तरबाट प्राविधिक शिक्षामा जोड दिनुपर्ने, बजार मूल्यमा एकरुपता हुनुपर्ने, सन्तुलित योजना ल्याउनुपर्नेलगायतका समस्या वडावासीले राखेका थिए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस