दमौली– करेन्ट लागेर घाइते हुनुभएका तनहुँको भिमाद नगरपालिका–३ बगुवाका २८ वर्षीय शिव थापामगरको उपचारका लागि तनहुँ समाज युकेले रु पाँच लाखभन्दा बढी आर्थिक सहयोग गरेको छ ।
कष्टकरपूर्ण जीवन बिताइरहेका थापालाई समाजले रु पाँच लाख ४५ हजार ३०० आर्थिक सहयोग गरेको हो ।
युकेमा रहेमा नेपालीहरुबाट सङ्कलन गरिएको उक्त रकम समाजका उपाध्यक्ष केशरबहादुर राना र भिमाद नगरपालिकाका उपप्रमुख शारदा खनालले घाइते थापा र उहाँका श्रीमती सङ्गीता थापालाई हस्तान्तरण गरेका छन् ।
विसं २०७० मा घर नजिकै बाँसपानीमा बिजुलीको लाइन मर्मतको क्रममा करेन्ट लागेर थापा घाइते भएका थिए । घाइते थापाको कष्टकरपूर्ण जीवनको बारेमा जानकारी पाएपछि युकेमा आर्थिक सहयोग सङ्कलन अभियान शुरु गरिएको समाजका उपाध्यक्ष रानाले जानकारी दिए । “कामको सिलसिलामा परदेशमा रहे पनि गाउँघरमा अप्ठ्यारो परेकालाई समाजले सहयोग गर्दै आइरहेको छ”, रानाले भने ।
भिमाद नगरपालिकाका उपप्रमुख खनालले थापाको लागि नगरपालिकाको तर्फबाट पनि सहयोग गरिने प्रतिबद्धता जनाए । “स्थानीय सरकार जनताको घरदैलोको सरकार हो, आपत्विपत्मा परेकालाई सहयोग गर्न नगरपालिका प्रतिबद्ध छ”, उनले भने ।
करेन्ट लागेर थापाको अनुहार डढेको छ । शरीरको विभिन्न भागको मासु निकालेर उहाँको डढेको अनुहारमा मासु राखिएको छ । श्वास फेर्न कठिनाइ भएपछि नाकमा पाइप राखिएको छ भने देब्रे आँखा मासुले ढाकिएको र दाहिने आँखाको ज्योति गुमेको छ । आँखाको ज्योति फर्काउन चिकित्सकले रु ३० लाखभन्दा बढी खर्च लाग्ने बताएको शिवले बताए । उनको उपचारका लागि नेपालमा पनि आर्थिक सङ्कलन शुरु गरिएको अभियान्ता शालिकराम सुनारले जानकारी दिए । उनको अनुसार हालसम्म रु पाँच लाख सङ्कलन भएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस