सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले साना लगानीका उद्योगको प्रवद्र्धनका लागि प्रदेश सरकारले रु एक करोड बजेट विनियोजन गरेको बताएका छन् । नेपाल घरेलु तथा साना उद्योग महासङ्घद्वारा आज राजधानी सुर्खेतमा आयोजित ‘राष्ट्रिय औद्योगिक व्यापार कृषि नवीनतम् प्रविधि प्रदर्शनी एवं पर्यटन महोत्सव २०७६’ कार्यक्रमको उद्घाटन समारोहमा मुख्यमन्त्री शाहीले औद्योगिक क्षेत्रको विकासले रोजगारी र आर्थिक समृद्धिमा सघाउ पुग्ने बताएका छन्।
“कर्णालीमा ठूला लगानीका उद्योग सञ्चालन गर्न सकिएको छैन,” उनले भने, “साना लगानी उद्योगीलाई सस्तो ब्याजमा बजेट उपलब्ध गराउने उद्देश्यले प्रदेश सरकारले बजेट विनियोजन गरेको हो ।” यसले यहाँका उद्योगीहरुलाई प्रोत्साहन मिल्ने र उत्पादन वृद्धि गर्ने विश्वास मुख्यमन्त्री शाहीको थियो ।
प्रदेश सरकारको बजेटले मात्र ठूला पूर्वाधार निर्माण गर्न कठिन हुने बताउँदै उनले अगाडि भने, “कर्णालीको भूगोल, पूर्वाधारको अवस्था हेर्दा अन्तर्राष्ट्रिय लगानी आवश्यक छ । सुर्खेतलाई ‘स्मार्ट सिटी’को रुपमा विकास गर्न चिनियाँ कम्पनीलाई प्रदेश सरकारले पत्राचार गरेको छ ।” सरकारका आन्तरिक बाध्यताका कारण जनअपेक्षित काम नभए पनि अब तीनै तहका सरकारले आ–आफ्नो कार्य क्षेत्रमा रहेर काम गर्नुपर्नेमा उनको जोड थियो ।
नेपाल घरेलु तथा साना उद्योग महासङ्घका केन्द्रीय अध्यक्ष श्यामप्रसाद गिरीले लघु उद्यमीले देशको शिर ठाडो पारेको दाबी गरेका छन् । अध्यक्ष गिरीले भने, “कर्णाली जडिबुटी र पत्थर खानी हो । तिनको प्रशोधन गर्ने उद्योग स्थापना गर्न जरुरी छ ।” कर्णालीको जडिबुटी सस्तोमा बेचेर अहिले महंगोमा औषधि, तेल किन्ने परिस्थितिको अन्त्य गर्नुपर्ने उनको भनाइ थियो । चन्दननाथ नगरपालिकाका उपप्रमुख मोहनमाया ढकालले कर्णाली प्रदेश प्राकृतिक स्रोतले सम्पन्न भएकोले यहाँ उपलब्ध स्रोतलाई यहीँ उपयोग गर्ने गरी उद्योग स्थापना गर्नुपर्नेमा जोड दिएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस