कोहलपुर-बाँकेको नेपालगञ्जस्थित कारागारका महिला बन्दीहरू आन्दोलनमा उत्रिएका छन् । चौकीदार र कारागार व्यवस्थापनले गुणस्तरीय खाना नदिएको आरोप लगाउँदै यहाँका महिला बन्दीहरू आजदेखि आन्दोलनमा उत्रिएका हुन् ।
कारागारका चौकीदारलाई महिला बन्दीले बन्दी गृहमै थुनेर राखेको कारागारका निमित्त जेलर दीपेन्द्र पौडेलले बताए । पौडेलका अनुसार चौकीदारलाई जेल प्रशासनसँग भेट्न पनि दिएका छैनन् ।
यसअघि पुरूष बन्दीले आन्दोलन गरेका कारण जेलर, चौकीदारलगायतका कर्मचारीको सरूवा गरिएको थियो । गत मङ्सिरको दोस्रो साता बाँके कारागार जेलरविहीन भएको थियो ।
बाँकेका प्रमुख जिल्ला अधिकारी खड्काले जुम्ला जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी दीपेन्द्रप्रसाद श्रेष्ठलाई जेलरको जिम्मेवारी दिइसकेको जानकारी दिए । तर, जिम्मेवारी दिइएका श्रेष्ठ अहिले पनि कारागार बाँके पुगेका छैनन।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस