घोराही– प्रदेश नं ५ को आर्थिक सहयोगमा दाङको पश्चिम क्षेत्रमा पर्ने शान्तिनगर र दङ्गीशरणलाई पुग्ने गरी करीब रु पाँच करोडको लागतमा खानेपानी योजना शुरु भएको छ ।
शान्तिनगर गाउँपालिकाका वडा नं ३, ४ र दङ्गीशरण गाउँपालिका वडा नं ६ लाई खानेपानीको पहुँच पुग्ने गरी प्रदेश सरकारबाट यसै वर्षदेखि शुरु हुनेगरी बजेट विनियोजन गरिएको छ । रु चार करोड ९९ लाख लागतको ‘गैरीखेत चिसापानी खानेपानी योजना’ नाम दिएर शुरु गरिएको योजनाको प्रदेशसभा सदस्य विमला वलीले शिलान्यास गरेका छन् ।
प्रदेशसभा सदस्य वलीका अनुसार चालू आर्थिक वर्षबाट निर्माणको काम हुने योजनाको ट्याङ्की निर्माणका लागि रु ७० लाख र पाइपलाइन विस्तार तथा व्यवस्थापनका लागि करीब रु एक करोड १७ लाख बराबर ठेक्का प्रक्रियामा अगाडि बढाइको छ । गैरीखेत चिसापानी खानेपानी समितिका अध्यक्ष गोमनबहादुर ओलीले खानेपानी योजना सम्पन्नपछि दुई गाउँपालिकाका करीब दुई दर्जन गाउँमा खानेपानी पुग्ने बताएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस