जाजरकोट, ५ पुस (रासस ) पाँच सयभन्दा बढी विद्यार्थी रहेको भेरी नगरपालिका –११ जगतीपुरस्थित
जगतीपुरस्थित शिवशङ्कर माध्यमिक विद्यालयमा पिउने पानी विद्यार्थीले घरबाट ल्याउने गरेका छन् । विद्यालयमा पिउने पानी नहुँदा विद्यार्थीले दैनिक घरबाट बोतलमा पानी लिएर आउने गरेको वडाध्यक्ष भवानीप्रसाद शर्माले बताउनुभयो । आफ्नो वडाभित्र पानीको मुहान नभएका कारण विद्यालयमा पानी ल्याउन नसकिएको हो । पिउने पानीसम्म नहुने विद्यालयमा शौचालय प्रयोग गर्नसमेत समस्या भएको शिक्षकहरुले प्रमुख जिल्ला अधिकारी जनकराज पन्तलाई सुनाएका थिए । विद्यालय अनुगमन तथा निरीक्षणमा शुक्रबार जानुभएका प्रजिअ पन्तलाई शिक्षक तथा विद्यार्थीले उक्त गुनासो गरेका हुन् ।
खानेपानीको मुहान नभएका कारण विद्यालयमा पानी आपूर्ति गर्न नसकिएको वडाध्यक्ष शर्माले बताउनुभयो । उहाँले भन्नुभयो, “विद्यालयमा खानेपानी ल्याउने इच्छा त छ नि ? तर हाम्रो सानो बजेटले त्यो अर्को वडाबाट पानी ल्याउन सम्भावना छैन ।” गाउँमा समेत खानेपानीको हाहाकार छ । “गाउँदेखि तल रहेको सानो पानीको मुहानबाट पानी ल्याउन आधा घण्टा लाग्छ”, स्थानीयवासी रामबहादुर आचार्यले गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “छोराछोरी विद्यालय जाँदा झोला, कापी–कलमका साथै पानीको बोतलसमेत लिएर जाने गरेका छन् ।”
विद्यार्थीहरुले लिएको पानीसमेत सकिँदा तिर्खा लागेर हैरान हुने गरेको पीडा सुनाउँछन् । “नजिक घर भएका साथीको घरबाट थप पानी ल्याउनुहुन्छ, नभएका गाउँमै गएर पानी मागेर पिउने गर्दछन्”, कक्षा ७ मा अध्ययनरत छात्रा गीता आचार्यले भन्नुभयो, “दैनिक पानी मागेर पिउँदा दिक्क लाग्ने गर्दछ, गाउँलेले पनि टाढाबाट बोकेर ल्याएको पानी सधैँ दिँदा दिक्क मान्छन् होला ।”
पानी र शौचालयलगायतका समस्याले गर्दा विद्यार्थी आधा समय मात्र विद्यालयमा बस्ने गरेको शिक्षक बताउँछन् । विद्यालय अनुगमन गर्न पुग्नुभएको प्रजिअ पन्तसँग शिक्षकको गुनासो एउटै थियो, “विद्यालयमा ५०० विद्यार्थीमध्ये मुस्किलले तीनसय जति उपस्थित हुने गरेका छन्, आएका पनि पूरै समय विद्यालयमा नबसी घर जान्छन् ।” विद्यालय उपस्थित नहुनेमा अधिकांश दलित समुदायका विद्यार्थी रहेको सहायक प्रधानध्यापक नारायण रोकायले जानकारी दिनुभयो ।
शिक्षकको गुनासो सुनेपछि प्रजिअ पन्तले शैक्षिक सुधारका लागि नौ सुझाव दिएको जानकारी दिनुभयो । विद्यालयमा कार्यरत शिक्षक नियमितरूपमा आई जिम्मेवारी पूरा गर्ने, विद्यालयको सरसफाइ सन्तोषजनक नभएकाले सरसफाइमा ध्यान दिई स्वच्छ, सफा वातावरण सिर्जना गर्ने, खानेपानीको समस्या हल गर्न विद्यालयमा पानी जम्मा गरेर राख्नेलगायतका सुधार योजना निर्माण गरी कार्यन्वयन गर्ने, विद्यार्थीको शैक्षिक उपलब्धि तयारी गरी सिकाइ उपलब्धिमा वृद्धि गर्ने, शौचालयमा पर्याप्त पानीको व्यवस्थासहित नियमित पानीको व्यवस्था गर्ने, पुस्तकालयको पर्याप्त व्यवस्था गर्ने, विज्ञान प्रयोगशालालाई व्यवस्थित गरी प्रयोगमा ल्याउने र सबै मिलेर विद्यालयलाई नमूना विद्यालयको रूपमा विकास गर्नेलगायतका सुझाव दिनुभएको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस