बेझाड-पाल्पाको निस्दी गाउँपालिकाको मित्यालमा हावाबाट बिजुली बत्ती बालिएको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र नेपालको रु एक करोड ८० लाख र गाउँपालिकाको रु ४२ लाख १३ हजार ८०० को लागतमा हावाबाट बिजुली निकालिएको हो ।
हावाबाट १५ किलोवाट र वायु तथा सौर्य ऊर्जा हाइब्रिड प्रणलीमार्फत १० किलोवाट गरी २५ किलोवाट क्षमताको बिजुली निकालिएको उपभोक्ता समितिका अध्यक्ष भुपिन्द्र सुनारी मगरले जानकारी दिए ।
करीब साढे दुई वर्षअघिदेखि शुरु भएको आयोजना अहिले सम्पन्न भएर घरघरमा बिजुली बत्ती बल्न थालेपछि यहाँका स्थानीयवासी खुशी भएका छन् ।
गाउँपालिकाको झ्याल्टुङ्ग, मौलाथर, रुप्सेभन्ज्याङ, काफल, गाउँपालिकाको कार्यालय, वडा कार्यालय, प्रहरी चौकी, गौरीशङ्कर मावि, मित्याल आधारभूत विद्यालय र मौलादेवी आधारभूत विद्यालयमा बिजुली बत्ती उपयोग भएको छ ।
विद्यालयका कामकाज गर्न विद्युत् सेवा पुगेपछि सजिलो भएको गौरीशङ्कर माविका प्रधानाध्यापक केशबहादुर सुनारी बताउछन् । कृष्ण ग्रिल एण्ड इञ्जिनीयरिङ वर्क प्रालि विराटनगरमार्फत यहाँ विद्युत् उत्पादन गरिएको हो ।
उनका अनुसार यस आयोजनाबाट यहाँका करीब ८०० जनसङ्ख्या लाभान्वित हुनेछन् । बिहान ४ बजेदेखि ७ बजेसम्म र १० बजेदेखि राति ११ बजेसम्म विद्युत् लाइन सञ्चालन गरिएको छ ।
मित्यालको रुक्सेभन्ज्याङ डाँडामा दुई पङ्खा घुमाएर विद्युत् सेवा दिइएको छ । यसअघि निस्दी गाउँपालिकाको एउटा वडामा हावाबाट निकालिएको बिजुली प्रयोगमा ल्याइएको थियो । थप सेवा विस्तार गर्न दोस्रोपटक बिजुली उत्पादन गरी स्थानीयवासीलाई सुविधा दिइएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस